अरु तिर भएका क्यान इन्फोटेक भन्दा फरक गर्दैछौ: निर्मल तामाङ

अरु तिर भएका क्यान इन्फोटेक भन्दा फरक गर्दैछौ: निर्मल तामाङ

काठमाडौ अनि मोफसलका केहि क्षेत्रमा मात्र सिमित कम्प्युटर एशोसिएसन नेपाल (क्यान)को ब्रान्ड नेममा आयोजना हुने क्यान इन्फोटेकको पूर्वाञ्चल पाटो नियोटेरिक क्यान ईन्फोटेक मोरङ हुने भएपछि यस क्षेत्रका प्रविधि प्रेमिहरु उक्त इन्फोटेकको उद्घाटन हुने पुष ८ गतेको पर्खाइमा छन् । पुष ८ मा उद्घाटन भएर ४ दिनसम्म सञ्चालन हुने इन्फोटेकको तयारी कसरी भइरहेको छ ? के के कार्य हुदैछन् लगायतका बारेमा हामीले यस पटक इन्फोटकको संयोजन गरिरहेका संयोजक निर्मल तामाङसँग कुरा गरेका छौ । प्रस्तुत छ उनीसँगको छोटो कुराकानी :
 

# विराटनगरमा पहिलो पटक हुन लागेको इन्फोटेकको तयारी कस्तो रह्यो ?
– इन्फोटेक तयारी हामीले योजना गरे अनुसार नै भएको छ । इन्फोटेकको सार र रुप पक्षलाई भव्य, जानकारमुलक र आकर्षक बनाउने उद्देश्यका साथ आयोजना स्थलमा स्टलहरुको निर्माण प्राविधिक रुपमा भएको छ । ९० वटा मुल स्टलहरुको व्यवस्था गरिएको इन्फोटेक स्थल आफैमा भव्य छ ।  यसका साथै सेमिनार, कम्प्युटर संग्रहालय, गेमीङ जोनलगायतका इभेन्टहरुको तयारी समेत उत्कृष्ठ ढंगबाट गरिएको छ ।
 

# इन्फोटेकले यस क्षेत्रमा कस्तो प्रभाव पार्ला ?
– यस क्षेत्रमा विराटनगरमा प्रथम पटक हुन लागेको क्यान इन्फोटेकले यहाँको सामाजिक रुपमा समेत सकारात्मक प्रभाव छाड्ने छ । इन्फोटेक भित्र रहेको सेमिनार वर्कसप मार्फत हुने ई–जिल्ला निर्माण इङ्गित उद्देश्यका साथ ६५ गाविसका गाविस सचिव, उपमहानगरपालिकाका २२ वडा सचिवहरु, प्राविधिक क्षेत्रका सरोकारवालाहरुलगायत विभिन्न राजनितिक दलका प्रतिनिधिहरु सम्मिल्लित हुने सेमिनारलले मोरङ जिल्लालाई ई–जिल्ला निर्माण गर्ने सैद्धान्तिक निर्देशित सिद्धान्त बनाउने छ ।

# इन्फोटेकले यहाँका सर्वसाधारणहरुलाई कस्तो उपलब्धी दिनेछ ?
-इन्फोटकमा कम्प्युटर ल्यापटपको किनबेचमात्र हैन विद्यार्थीहरु तथा युवाहरु ग्रामिण क्षेत्रमा रहेका आम नागरिकहरुले समेत क्यान इन्फोटेकबाट नयाँ प्रविधिहरुको बारेमा जानकारी सहज र सुलभ ढंगबाट सुचना प्रविधिका सामाग्रीहरु कम्प्युटर, ल्यापटपलगायत अन्य सामाग्रीहरु यस समारोहमा प्राप्त गर्नेछन् भने इन्फोटेकमा राखिएका कम्प्युटर संग्रहालयबाट सुचना प्रविधि कै इतिहासको बारेमा श्रव्य, दृष्य र अन्य संप्रेषणका माध्यमबाट जानकारी प्राप्त गर्नु हुनेछ । यसबाट मुलत विद्यार्थीहरु लाभान्वीत हुनेछन् । त्यसै गरि रोजगारदाता तथा विशेष गरि आइटि क्षेत्रमा रोजगार खोज्नेहरुका लागि रोजगारको अवस्था सृजना हुनेछ र आगामी दिनमा यसै ढंगबाट लाभान्वीत हुनेछन ।
 

# काठमाडौंमा यस अघि भइरहेको इन्फोटेकहरु भन्दा यो इन्फोटेक कसरी अलग छ ?
-विगत १७ वर्ष देखि काठमाडौमा भइरहेको इन्फोटेकभन्दा यो इन्फोटेक यस मानेमा फरक छ कि नयाँ केहि प्रदर्शनीहरु जसमा नयाँ प्रविधि, जानकारी, सुचना, रोजगारका खण्डहरु समायोजन गरिएको छ जसबाट विद्यार्थी, युवा, आम नागरिकहरुले हेर्ने पर्ने, देख्नै पर्ने, जान्नै पर्ने कुरारु समावेश गरिएको छ । त्यसै गरि इन्फोटेकको अवसरमा हुने विचार गोष्ठी, सेमिनारहरुमा लक्षित परिणामको आशा गरि छनौट गरिएको र यसबाट ई–जिल्ला निर्माण हुने प्रतिवद्धता राखिएको छ । साथै ओपन सोर्स सफ्टवेयर निर्माण गर्ने डेभलपरहरुको लागि प्रोत्साहन हुने सेमिनारहरु समेत संयोजन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्