सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना : ४ जनाको मृत्यु, ७ गम्भीर घाइते

<span class='c1'>सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना :</span> <span class='c2'>४ जनाको मृत्यु, ७ गम्भीर घाइते</span>

दाङ । सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको सल्यान प्रहरीले जनाएको छ ।

‍मृत्यु हुने र घाइते हुने सबै जना एउटै वडाका हुन् । बनगाड कुपिण्डे नगरपालिकाको - ८ थारादेखि कालिमाटी गाउँपालिका-१ को लक्ष्मीपुरतर्फ जन्ती बोकेर जाँदै गरेको लुम्बिनी प्रदेश ०१००१ ज ०२७१ नम्बरको गाडी शनिबार साँझ बनगाड कुपिन्डे नगरपालिका वडा नं. १० धाइरेमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक देवराज भट्टराईका दुर्घटनामा परि बनगाड कुपिन्डे नगरपालिका - ८ थाराका ५० वर्षीय टोप बहादुर थापा, ५० वर्षीय ठगे घर्ती, २९ वर्षीय कर्ण बहादुर पुन र ३० वर्षीय मन बहादुर थापाको मृत्यु भएको छ ।

तीन जनालाई जिल्ला अस्पताल सल्यानमा चिकित्सकले मृत घोषणा गरेका हुन् भने एक जनाको सुर्खेतस्थित मेहलकुना अस्पतालमा उपचारको क्रममा निधन भएको प्रहरी निरीक्षक भट्टराइले जानकारी दिए।

दुर्घटनामा सल्यानको बनगाड कुपिण्डे नगरपालिका–८ का भुपेन्द्र कँवर,भुल बहादुर थापा, जुग सिंह पुन ,कुल बहादुर राना, अम्मर सिहं कँवर, डम्मर घर्ती र जनक थापा गम्भीर घाइते भएका छन्।

घाइतेको जिल्ला अस्पताल सल्यान र सुर्खेतको मेहलकुना अस्पतालमा उपचार भइरहेको छ । तीन वडा गाडीमध्ये एउटामा राँगा र एउटामा दुलाहा–दुलही सवार थिए । एउटा गाडीमा भने १८ जना जन्ती सवार थिए । त्यही १८ जना जन्ती सवार गाडी दुर्घटनामा परेको हो । दुलहाको घर थाराबाट छुटेको करिब आधा घण्टामै गाडी दुर्घटनामा परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्