द्वन्दकालमा हत्या गरिएकाहरुबारे अध्ययन

द्वन्दकालमा हत्या गरिएकाहरुबारे अध्ययन

मानवअधिकार टोलीद्वारा द्वन्द्वकालको घटनाको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को नेतृत्वको चार सदस्यीय अधिकारकर्मीहरुको टोलीले द्वन्द्वको समयमा हत्या गरिएका डंग्राहा गाविस–४ का ३३ वर्षीय स्वास्थ्यकर्मी श्रवणकुमार विश्वासको घटनाबारे ०६८ पुस ५ गते स्थलगत अध्यययन अनुगमन सम्पन्न गरेको छ ।  

अध्ययन टोलीमा इन्सेकका जिल्ला प्रतिनिधि दीपेन नेउपाने, हात्तीमुडा गाविसस्तरीय युवा सचेत केन्द्रका सचिव सन्तोष माझी, मकालु एफएमका सुदीप कोइराला र बि एफएमका प्रेमकुमार देवान रहेका थिए । टोलीले घटनास्थलको अनुगमन गर्नुका साथै पीडितका आफन्त, छिमेकी, प्रत्यक्षदर्शी र राजनीतिक दलका प्रतिनिििधसँग प्रत्यक्ष भेटघाट गरी घटनाको सत्यतथ्यबारे जानकारी लिएको थियो ।

सो घटनाका पीडितलाई ०६२ जेठ १५ गते साँझ डंग्राहा गाविस–५ कोलपुरका गुनिलाल सरदारले बोलाएर लगेका थिए  । लगेको केही समयमै पीडितको डंग्राहा खोलापारी गोली हानी हत्या गरिएको थियो । पीडितलाई बोलाएर लाने गुनिलालको समेत द्वन्द्वको समयमा हत्या भएको थियो । त्यसपछि घटनाको बारेमा पूर्ण जानकारी सार्वजनिक हुन सकेको छैन ।

पीडित परिवारले घटना भएको तीन वर्षपछि सरकारबाट डेढ लाख रुपैया उपलव्ध गराएको थियो । पीडितका पत्नी सरिता, छोरा शशीकुमार र छोरी पूजाकुमारी रहेका छन् । उनीहरुको दुई कठ्ठा ऐलानी  जग्गामा बसोबास गदै आएका छन् । सरितालाई स्थानीयवासीले बाल विकास केन्द्रमा सहयोगीको रुपमा ०६५ देखि नियुक्त गरिदिएका छन् । पीडितको मृत्युपछि छोरा शशीले पढाइ छाड्न बाध्य हुनु परेको थियो । उनी मिश्रत्री काम गर्दछन् । छोरी कक्षा–१२ पढ्दै छिन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्