तेरापंथ युवक परिषदद्वारा कम्बल वितरण

तेरापंथ युवक परिषदद्वारा कम्बल वितरण

विराटनगर, ९ पुष । तेरापंथ युवक परिषद्ले शनिवार कम्बल वितरण गरेको छ । परिषदले विराटेश्वर बृद्धाश्रम, विश्वशान्ति नवतारा बाल आश्रममा कम्बल वितरण गरेको हो । कार्यक्रम तेरापंथ युवक परिषदका प्रथम उपाध्यक्ष दिपेन्द्र दुगडको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा विराटेश्वर बृद्धाश्रममा २५ थान, विश्वशान्ति नवतारा बाल आश्रममा १३ थान र अन्य अशहाय तथा गरिब व्यक्तिहरुलाई १२ थान गरि जम्मा ५० थान कम्बल वितरण गरेको थियो । यस्तै प्रकारका सामाजिक कार्यहरु आगामी दिनहरुमा पनि तेरापंथ युवक परिषदले आयोजना गरिरहने कार्यक्रम संयोजक अशोक सेखानीले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्