कसले सुनिदेला सहनीको व्यथा

कसले सुनिदेला सहनीको व्यथा

मौसम चिसिदै जादा सिङगो मुसहर बस्तीलाई एउटा समस्याले पिरोल्न थाल्छ । केहिदीनयता चलेको चिसो हावा र बाक्लो हुस्सु संगै पश्चिमबाट चिसो सिरेटो आउदा मुसहर बस्तीको जिवन थप कष्टकर हुन थालेको छ ।
विराटनगर ७ रामपुर स्थीत एउटा बस्तीमा मुसहरसामुदायका मानिसहरु चिसो सिरेटो छल्नका लागि घुर तापेर रात काट्ने गरेका छन् । एक सरो मैलो र पातालो लुगा लगाएर त्रिपाल साफ गर्दै गरेको ४५ बर्षिय सन्जय शहनी भन्नुहुन्छ न ओढ्ने छ । न त ओछयान नै छ । न्यानो लुगा पनि छैन । चिसोले सुत्न सकिदैन उनले अहिले घुर तापेर रात विताउने गरेको बताउनुभयो । शहनीलाइ जाडो मात्र भने हैन दिनभरी उद्ययोगबाट निकालिएको त्रिपाल साफ गरेकोले स्वास्थ्यमा र खानपानमा पनि समस्या  ग्रस्त पारेको छ । उनिसंग सम्पतीको नाममा भनेको एक टुक्रा जमिन पनि छैन । उनले आफन्तको जग्गामा सानो छाप्रो बनाएर बस्दै आएका छन् । उतm घरमा जाडोको मैसममा चारैतिरबाट हावा छिर्छ । भने बर्षयाममा भिज्दै रात बिताउनु परेको शहनीको बाध्यता रहेको छ । उनले भने घरको त के कुरा गर्नु एक दिन उद्ययोगबाट निकालीएको फोहोर त्रिपाल साफ गर्न गएन भने मुखमा माड समेत पस्न पाउदै । शहनीको १४ बर्षिय र १७ बर्षको दुइ छोराहरु रहेका छन् । घरको आर्थिक अवस्था पनि नाजुक भएको हुनाले छोराहरु पनि अकार्को घरमा हली बसेको शहनीले बताउनुभयो । उनले भने मैले कमाउन नसकेकोले गर्दा छोराहरुको पनि भविष्य अन्धकार हुने भयो दुइ छोरानै अर्काको घरमा काम गर्ने भएकोले पढ्न समेत नपाउने गरेको शहनीले बताउनुभयो ।
उनको जिवीको पार्जकनका लागि कहिलेकाही गाउमा पुग्ने कसै – कसैले गरको आर्थिक सहयोगका भरमा चलिरजहेको छ । विरामीहुदा खानपिनको लागि गाउलेले सहयो गर्ने गरेको स्थानिय सन्जु बावाले बताउनुभयो ।
१२ परिवार रहेको मुसहरवस्ती रहेको उतm गाउमा सवैभन्दा बढि विजोग सन्जय सहनी परिवारको हो ।
विराटनगर जनआन्दोलन चौक देखि पश्चिम करिव आधा घण्टा पैदल दुरीमा मुसहरसामुदायहरुको बसोवास स्थल रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्