काँग्रेस सदस्य मिनेन्द्र रिजाल भन्छन “सरकार फेर्ने बेला आएको छैन”

काँग्रेस सदस्य मिनेन्द्र रिजाल भन्छन “सरकार फेर्ने बेला आएको छैन”

विराटनगर, पुस १८ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा मिनेन्द्र रिजालले मुख्य लक्ष्य शान्ति र संविधान रहेकाले सरकार फेर्ने बेला नआएको बताउनुभएको छ । प्रेस यूनियन मोरङद्वारा विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता रिजालले अहिले नै सरकार परिवर्तन गर्न खोजे शान्ति प्रकृया टुंगोमा नपुग्ने र ंसंविधान पनि नबन्ने दाबी गर्नुभयो । उहाँले अहिले सरकार परिवर्तन गर्नुमा अल्झिनु भन्दा शान्ति र संविधान निर्माण गर्ने कुरामा दलहरु लागे ५ महिनाभित्र नेपाली जनताले नयाँ संविधान पाउने विश्वास व्यक्त गर्नुभयो । सेना समायोजन विशेष समितिका सदस्य समेत रहेका नेता रिजालले सेनामा माओवादी लडाकु संमायोजनका लागि धेरै कुरामा सहमती भएसकेकोले चाँडै नै य विषयमा टुंगो लाग्ने बताउनुभयो । उहाँले शान्ति प्रकृया टुंगिएलगत्तै नेपाली काँग्रेसको नेतृत्वमा सरकार बन्ने उल्लेख गर्दै वरिष्ठ नेता शेरवहादुर देउवा र संसदिय दलका नेता रामचन्द्र पौडेल मध्ये जुन व्यक्तिमा सहमती हुन्छ, उहाँनै देशको प्रधानमन्त्री हुने बताउनुभयो ।  काँग्रेसका केन्द्रिय सदस्य डा. रिजालले प्रधानमन्त्रीका लागि आफू पनि योग्य रहेको दाबी गर्नुभयो । ‘प्रधानमन्त्रीका बन्नका लागि मसंग धेरै आधारहरु छन’–नेता रिजालले भने,‘सभासद छु, पार्टीको प्रभावशाली नेतामा गन्निछु, देश हाँक्न मसंग क्षमता पनि छ, प्रधानमन्त्री बन्न यो प्रर्याप्त आधार हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्