पर्यटन मन्त्रीलाई अयोग्य लडाकुले कालो झण्डा देखाए

पर्यटन मन्त्रीलाई अयोग्य लडाकुले कालो झण्डा देखाए

पर्यटन मन्त्री लोकेन्द्र बिष्टलाई इटहरीमा बर्हिगमनमा परेका लडाकुहरुले कालो झण्डा देखाएका छन ।   बिराटनगरबाट घरान तर्फ जादै गरेका मन्त्री बिष्टको सबारी साधनलाई इटहरीको मुख्यचौकमा बन्द गराउन बसेका बर्हिगमनमा परेका लडाकुहरुले कालो झण्डा देखाएका हुन । आफुहरुलाई लगाइएको अयोग्यको बिल्ला खारेजी हुनु पर्नै र रोजगारीको व्यावस्था गरीनु पर्नै जस्ता नारा लगाउदै लडाकुहरुले कालो झण्डा देखाएका थिए । यस्तै बन्दको उलधंन गरेको भन्दै बर्हिगमित लडाकुहरुले घरान स्थित बिपि कोइराला स्वास्थ प्रतिष्ठान बिरामी लिएर जादै गरेको एक भरतीय नम्बरको प्रइभेट कार तोडफोड गरेका छन । मोटरसाइकलमा आएका दुई जना लडाकुहरुले बन्द उलधंन गरेको भन्दै द्यच् ण्ज्ञद्यद्य द्दठद्धड नम्बरको कार तोडफोड गरेका हुन । तोडफोडबाट कारको अगाडी र पछाडीको भागको सिसा फुटको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्