१० महिना तालिम लिएकाले निमाबिको शिक्षक हुन पाउने

<span class='c1'>१० महिना तालिम लिएकाले</span> <span class='c2'>निमाबिको शिक्षक हुन पाउने</span>

विराटनगर, २२ पुस । शैक्षिक जनशक्ती विकास केन्द्र र तथा सो केन्द्रबाट सम्बन्ध प्राप्त संस्थाबाट १० महिने तालिम लिएका १२ कक्षा उत्तिर्ण बिद्यार्थीहरुले पनि निमाबि तहको अध्यापन अनुमती पत्रका लागी फाराम भर्न पाउने भएका छन् । आज उच्च माध्यमिक शिक्षा परिषद र तालिम लिएका बिद्यार्थीहरुबिच भएको वार्तामा त्यस्तो सहमती भएको हो । यसअघि सुचनामा त्रिभुवन बिश्व बिद्यालयबाट शिक्षा संकायमा प्रबिणता प्रमाणपत्र तह उत्तिर्ण बिद्यार्थीहरुले मात्र फाराम भर्न सक्ने भनी सुचना प्रकासित गरीएको भन्दै उच्च माध्यमि शिक्षा परिषदद्धारा लिइएको कक्षा १२ को परिक्षा उत्तिर्ण बिद्याथीहरुले आन्दोलन गर्ने चेतावनी दिएका थिए । उनीहरुले कक्षा १२ लाई प्रबिणता प्रमाण पत्र तहसम्मको मान्यता दिनुपर्ने, यथासिघ्र उच्च माध्यमिक शिक्षा परिषदले ट्रान्सकृष्ट, माइग्रेसन र प्रोभिज्नल सर्टिफिकेट उपलब्ध गराउन माग गर्दै परिषदको क्षेत्रिय कार्यालय बिराटनगर र जिल्ला शिक्षा कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएपछि वार्ता भएको बिद्यार्थीहरुको संघर्ष समितीका संयोजक निरन्जन गुरुङ्गले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्