अस्पतालले साधारण शैय्याको शुल्क नलिने

<span class='c1'>अस्पतालले साधारण शैय्याको</span> <span class='c2'>शुल्क नलिने</span>

कोशी अञ्चल अस्पतालले त्यहाँ भर्ना हुने बिरामीका लागि साधारण शैय्यामा शुल्क नलिने भएको छ । अस्पतालले प्रकाशित गरेको विज्ञप्तिमा साधारण शैय्यामा शुल्क नलाग्ने उल्लेख गरिएको हो । तर अस्पतालको आइसियू र क्याबिनमा रहेका शैय्याको शुल्क भने यथावत् कायम गरिएको छ ।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. उमाकान्त झाका अनुसार अस्पतालमा आङ खस्ने महिलाको शल्य क्रिया लगायत औषधीउपचार निःशुल्क गरिनेछ र यातायात खर्चबापत त्यस्ता बिरामीलाई ५ सय रूपैयाँ दिइनेछ ।
त्यस्तै आमा सुरक्षाअन्तर्गत उक्त अस्पतालमा आई सुत्केरी हुने महिलालाई औषधी तथा शल्यक्रियाको खर्च लाग्नेछैन । साथै त्यस्ता महिलाले यातायात खर्चवापत थप ५ सय पाउनेछन् ।
यसबाहेक प्रसूतिपूर्व गर्भवती महिलाले चार पटक नियमित गर्भ परीक्षण गराई उक्त अस्पतालमा बच्चा जन्माएमा चार पटक नियमित गर्भ परीक्षण गराएवापत थप चार सय रूपैयाँ प्रदान गरिने मेसु झाले बताए । साथै त्यस्ता महिलाको सुत्केरी हुँदा लाग्ने सम्पूर्ण खर्च निःशुल्क हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्