चिसोले जनजीवन प्रभावित

चिसोले जनजीवन प्रभावित

हिमपातसँगै बढेको चिसोका कारण पूर्वी नेपालको जनजीवन प्रभावित भएको छ । पूर्वको सोलुखुम्बु, ओखलढुंगा, संखुवासभा, पाँचथर, तेह्रथुमलगायतका जिल्लाको हिमाली भेगमा भएको हिमपातका कारण तराईका क्षेत्रमा समेत चिसो बढेको हो ।
चिसोका कारण हिमाली जिल्लासहित तराईका क्षेत्रमा समेत जनजीवन कष्टकर बनेको हो । चिसोका कारण बढी मात्रामा वृद्धवृद्धा र बालबालिकामा बढी समस्या देखिएको छ । चिसो बढ्न थालेपछि तराईका विभिन्न स्थानमा चौक–चौकमा आगो ताप्ने क्रम बढेको छ ।
हिमाली क्षेत्रमा पानी बिना बाक्लो हिउँ मात्र खसिरहेकाले माथिल्लो क्षेत्रको जनजीवनसमेत कष्टकर बन्दै गएको छ । संखुवासभा र तेह्रथुमको पर्यकीय क्षेत्र गुफाबजारसहित चौकी, मंगलबारे, तीनजुरेलगायतका क्षेत्रमा अहिले पनि बाक्लो हिमपात भइरहेको छ । गुफाबजारमा दुईफिटसम्म हिउँ जमेको गुफापोखरी प्राथमिक विद्यालयकी शिक्षिका माया खनालले टेलिफोनमार्फत् जानकारी गराए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्