दलितद्वारा राज्यले दिएको सुविधा नपाएको गुनासो

दलितद्वारा राज्यले दिएको सुविधा नपाएको गुनासो

विराटनगर, २६ पुस । राज्यले दलित समुदायका लागि दिएको सेवा सुविधाका विषयमा सम्बन्धित पक्षलाई थाहा नहुने गरेको एक कार्यक्रमका सहभागीहरूले गुनासो गरेका छन् ।
जिल्ला विकास समिति मोरङ, दलित वर्ग उत्थान जिल्ला समन्वय समितिले मोरङको डायनियामा आयोजना गरेको एकदिने दलित जनचेतना कार्यक्रममा सहभागीहरूले राज्यले दलित समुदायलाई दिँदै आएको सेवा सुविधाबाट आफूहरू बेखबर बन्ने गरेको गुनासो गरेका हुन् । उनीहरूले गाउँ विकास समितिमार्फत दलित समुदायका लागि सञ्चालन गरिने कार्यक्रमका विषयमा जानकारी नै नहुने गरेको बताए । सो तालिममा दलित वर्ग उत्थान जिल्ला समन्वय समिति मोरङका उपाध्यक्ष दीपेन्द्र पासवानले सरकारले दलित समुदायका लागि दिने सेवा सुविधा, राज्यले दलित समुदायका हितमा बनाएका नीतिनियम तथा ऐन कानुनका विषयमा प्रशिक्षण दिए । उनले दलित समुदायको शिक्षामा पहुँच कम रहेकाले सबैले आफ्ना बालबालिकालाई अनिवार्य रूपमा विद्यालय पढ्न पठाउनुपर्ने समेत बताए । तालिममा आमगाछी, डायनिया, बरडंगा, गोविन्दपुर र टकुवा ४० जनाको सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्