जनबन्धुद्वारा कम्बल बितरन

जनबन्धुद्वारा कम्बल बितरन

विराटनगर, ४ पुस । जनबन्धु परिषद् नेपालको आयोजनामा मझारे गाउँ विकास समिति वडा नं.२ र्सिर्सिया गाउँमा एक सय १५ थान कम्बल वितरण गरिएको छ ।
भारत माता मन्दिरका संस्थापक स्वामी सत्य मित्रानन्द गिरीले २०५४ सालमा जनजातिको कल्याणका लागि   आफ्नो सात्रिध्यमा स्थापना गर्नुभएको यस संस्थाले विभित्र सामाजिक कार्यहरू गर्दै आएको छ ।
समाजसेवी रामेश्वरलाल काबराको प्रमुख आतिथ्यमा सतारेश्वर महादेव मन्दिरमा भएको कार्यक्रममा संथाल जातिका भूमिहीनलाई कम्बल वितरण गरिएको हो ।
परिषद्का अध्यक्ष भिखमचन्द सरलको सभापतित्वमा भएको कार्यक्रममा महासचिव जयकमल अग्रवाल, कोषाध्यक्ष श्रवण अग्रवाल, कार्यकारी सदस्य रामबाबा मरन्डी, सीता पोखरेल र मोहनलाल शर्माको उपस्थिति थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्