इटहरीमा प्रहरीसँग विद्यार्थीको झडप

इटहरीमा प्रहरीसँग विद्यार्थीको झडप

पेट्रोलियम पदार्थको मुल्यबृद्धिको बिरोधमा उत्रिएका बिद्यार्थीसँग प्रहरी र ब्यवसायीको झडप हुदा  आधा दर्जन भन्दा बढी घाइते भएका छन् ।
मुल्यवृद्धिको विरोधमा इटहरीमा यातायात बन्द गराउने बिद्यार्थीलाई प्रहरी अन्धाधुन्द लाठी चार्ज गरेपछि आक्रोसित बिद्यार्थीले इटहरीका पसल र होटल बन्द गराएका थिए । प्रहरीले लाठी चार्ज गर्दा अनेरास्ववियु सुनसरी उपाध्यक्ष नवराज नेपाल सहित ८ जना घाइते भएका छन् । विद्यार्थी पक्राउपछि आक्रोसित बिद्यार्थीले बजार बन्द गराउने क्रममा केही होटल र घरमा समेत ढुगांहानेपछि ब्यवसायीहरु बिद्यार्थी बिरुद्ध आक्रामक भएका थिए । आक्रोसित ब्यवसायीले बिद्यार्थीलाई कुटपिट गरे । विद्यार्थी माथि आक्रमण भएको भन्दै विद्यार्थि स‌ंगठनहरुले भोली बजार बन्द गराउने भएका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्