बिराटनगर २२ माघ । नव नेपाल निर्माण पार्टीका अध्यक्ष तथा सभाषद मोती दुगडले बिराटनगरस्थित कोशीअञ्चल अस्पतालमा उपचारत असाय तथा बिपन्न गरिव परिवारका बिरामीहरुलाइ फलफुल तथा उपचार खर्च बितरण गर्नु भएको छ ।
सभाषद दुगडले आइतवार एककार्यक्रमको आयोजना गरि फलफुल तथा उपचार खर्च बितरण गर्नु भएको हो । अस्पतालका मेडीकल सुपरिडेन्ट डाक्टर उमाकान्त झाको उपस्थितिमा अस्पतालमा रहेका सवै बिरामीहरुलाइ फलफुल तथा अभिभावक नभएका आठ जना बिरामीलाइ जनही एकहजारका दरले उपचारखर्च बितरण गर्नु भएको छ । उहाँले आफुले कुचोले अस्पतालको सरसफाइ गर्दे अस्पतालको सरसफाइका लागी आफ्नु पार्टीले सक्दो सहयोग गर्ने आश्वासन दिनु भएको छ ।