खुल्ला दिसा मुक्त गावीस संङ्गितमय

खुल्ला दिसा मुक्त गावीस संङ्गितमय

जिल्ला कै तेस्रो खुल्ला दिसा मुक्त गाविसको रुपमा चिनीएको शनिश्चरे गाविस गत २० माघ गते संङ्गीतमय बनेको थियो । गाविस स्तरीय सरसफाई समन्वय समिती शनिश्चरेले राष्ट्रिय तथा स्थानिय कलाकारहरुलाई सहभागी गराएको थियो ।

यसै बर्ष हिड्स एफएफमा सर्व उत्कृष्ट नव गायकका रुपमा  म्यूजिक एवार्ड विजेता सिमा संग्रौलले आफनो पहिलो यूवा रेकडप्रा्रालीले बजारमा ल्याएको नोट एल्बमका गीतहरु गाएर विद्यार्थी लगायत स्थानिय वासीलाई नचाएकी थिईन । त्यसै गरी झम्के गुलेलीले चिनीने गायक कमलीकान्त भेटवालको झम्के गुलेली गीत गाएर कार्यक्रममा सहभागी बालबालीका देखी लिएर वृद्धवृद्धालाई समेत नाच्नमा व्यास्त देखीएको थिए । त्यसै गरी कार्यक्रममा के के अभिलासी ,ईमेज च्यानल म्यूजीक एवार्ड २०६८का सर्व उत्कृष्ठ नव गायक विजेता समिर विक लागयत स्थानिय कलाकारहरुले आफनो प्रस्तुति देखाएका थिए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्