नकाउटको उपाधि सांग्रिलाको पोल्टामा

नकाउटको उपाधि सांग्रिलाको पोल्टामा

विराटनगर, ११ फागुन ÷  युवा संघ नेपाल उपमहानगर कमिटि विराटनगरको आयोजनामा प्रथम मदन स्मृति नकआउट फुटबल प्रतियोगिताको सांग्रिला फुटबलले उपाधि हात पारेको छ ।
विराटनगरको स्थानीय महेन्द्र मोरङ क्याम्पसको खेल मैदानमा सम्पन्न फाइनकल खेलमा ए डिभिजन क्लबका खेलाडीको बाहुल्यता रहेको सांग्रिलाले विहीवार सम्पन्न फाइनल खेलमा आयोजक युवा संघ नेपाललाई २–० को गोल अन्तरले पराजित उपाधि हात परेको हो ।
खेल सुरु भएको पाचौं मिनेटमा सांग्रिला नेपालका विकास राईको क्रस पासलाई नेपालका अन्टराष्टिय खेलाडी सुरेन्द्र तामाङले गोल गरी १ गोलको अग्रता दिलाएका थिए । त्यसको १ मिनेटपछि सुरेन्द्रले नै प्रहार गरेको बल बार माथिबाट बाहिरिएको थियो । मध्यान्तरसम्म १–० को पछि रहोको युवा संघले आक्रामक खेल प्रदर्शन गरे पनि कुनै गोल गर्न सकेनन् । दोस्रो हाफको १९ औं मिनेटमा सांग्रिलाका लिले मगरले गोल गरी सांग्रिलालाई २–० को गोल अन्तरले विजयी गराएका थिए । युवा संघले ५ वटा गोल गर्ने अवसर गुमाएको थियो । सांग्रिलाले ४ वटा गोल गर्ने अवसर गुमाएको थियो ।
बाँसवारीका ३, मित्रमिलनका २, जावलाखेल, आरसिटी र एपीएफ क्लब काठमाडौंका १–१ खेलाडी ल्याएको थियो भने सम्राटले यती हिमालय शेर्पा र आरसिटी क्लब काठमाडौंका १–१ खेलाडी ल्याएको थियो । युवा संघका नेपालका राष्टिय खेलाडी प्रवेश कटुवाल र फ्रेन्ड्स क्लबका प्रसोद्ध जोसीलाई खेलाएको थियो ।
फाइनल खेलको म्यान अफ द फाइनल सांग्रिला नेपालका सुरेन्द्र तामाङ घोषित भए भने उत्कृष्ट खेलाडी आयोजकका प्रसोद्ध जोसी, हाइस्कोरर सांग्रिलाका लिले मगर, अनुसाशित टिम रानी युवा क्लब घोषित भएको छ ।
प्रमुख अतिथि युवा संघ नेपालका केन्द्रिय अध्यक्ष महेश बस्नेत, पूर्वाञ्चल फुटबल संघका अध्यक्ष सन्तोष बानियाँ र युवा सघ विराटनगरका अध्यक्ष रोहित कोइरालालगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
फाल्गुन ४ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा विराटनगर क्षेत्रका ८ वटा टिमको सहभागीता रहेको थियो । प्रथम हुने टिमले नगद २५ हजार, दोस्रो हुने टिमले नगद १५ हजार र ट्रफि हात पारेका छन् । अनुशासित टिम, हाइ स्कोरर खेलाडि र उत्कृष्ठ खेलाडीलाई नगद जनही ५–५ हजार रुपैया र ट्रफि तथा प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद ७ सय १ र ट्रफि दिइएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner