दुङगाले धानेको जिवन

दुङगाले धानेको जिवन

खोलामा पाईने ढुङ्गालाई धेरैले खासै महत्व नदेलान् तर विराटनगर ११ हाटखोलाका अजय शर्र्माको लागि भने ढुङ्गा नै बाच्ने आधार भएको छ ।
हरेक दिन हाटखोलाको डिलमा बसेर ढुङ्गा कुट्दै जाँतो–सिलौटा बनाएर गुजारा गर्नु ३७ वर्षीय शर्माको दैनिकी हो । ढुंगामा खेलेर शर्माको एक्लो जीवनमात्र होइन छोराछोरी पढाउने खर्चसमेत जोहो हुने गरेको छ ।
ढुङ्गा कुट््दै गरेका शर्माले यो व्यवसायबाट आफ्नो ५ जनाको परिवार धानेको बताउनु भयो । परिवारमात्र हैन ढुंगा कुटेरै उहाँले २ जना छोराछोरीलाई निजी स्कूलमा पढाउदै आउनु भएको छ ।
विराटनगरमा शर्मा मात्र होइन यस नगरमा एक दर्जन व्यक्तिहरुले रोजीरोटीका र आप्mनो पुर्खैली पेशालाई संरक्षण गर्नको लागि यो व्यवसाय अंगालेका छन् । मोरङको चिसाङ, खोल्टी, तेलीलगायतका खोलाहरुबाट ढुंगा भेला पारेर ट्रकमा ल्याई कुटेर जाँतो, सिलौटो र लोहोरा निर्माण गरी बेच्नु उनीहरुको पेशा हो ।
विभिन्न स्थानबाट ल्याइएका ढुंगा एक ठाउँमा जम्मा पारेर दैनिक कुञ्जो र हथौडा लिएर शर्मा र उहाँकी श्रीमति काममा जुट्ने गर्नुभएको छ । एउटा सामान्य ढुंगालाई विभिन्न आकार दिई आफ्नो जीवीकोपार्जनको लागि भतभत पोल्ने गर्मी होस् वा मुटु कमाउने जाडो अथवा साउने झरी उनीहरुको काम रोकिदैन ।
गुजाराको अर्को कुनै विकल्प नभएकोले जति दुःख भए काम गर्दै आएको शर्माले बताउनु भयो । ज्याला मजदुरी गरेर जीविकोपार्जन हुन नसकेपछि ढुङ्गबाट उहाँलाई घर खर्च चलाउन केही सहज भएको छ । २० वर्षदेपख ढुंगासंँग खेलिरहेका शर्माले ढुंगा फुटाउदा टुक्राले लागेर घाइते हुने जोखिम रहेको बताउनु भयो ।
घरेलु काममा अति उपयोगी सिलौटो, लोहोरो र जाँतोको माग बजारमा निक्कै छ । माग अनुसार यसले मुल्य पनि राम्रै पाउने गरेको छ । जाँतो प्रतिगोटा ८ सयदेखि १२ सय रुपैयाँसम्म, सिलैटो २ सयदेखि ४ सय रुपैयाँसम्ममा बिक्री हुने गरेको शर्माले जानकारी दिनुभयो । शर्माले उत्पादन गरेको सामान पूर्वका दमक, उर्लाबारी, पथरी, इटहरी र धरानसम्म पुग्ने गरेको छ ।
ढुंगा कुटेर दैनिक ५ सय रुपैयाँसम्म आम्दानी हुने गरेको शर्माले बताउनु भयो । कहिलेकाँही त्योभन्दा बढी आम्दानी भएपनि सरदर दैनिक ५ सय कमाई हुन्छ– उहाँको भनाई थियो । दुःख भएपनि यो पेशाबाट आफुलाई सन्तुष्टि मिलेको शर्माले बताउनु भयो  ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner