गगन थापामाथि छानविन गर्न खगेन्द्र सुनारको माग

<span class='c1'>गगन थापामाथि छानविन गर्न</span> <span class='c2'>खगेन्द्र सुनारको माग</span>

काठमाडौं । हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनारले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा कांग्रेका पार्टी कार्यालयदेखि नेताको घर जलाउने नेतृत्व गगन थापाले गरेको आरोप लगाएका छन् । आइतबार नख्खु कारागार पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनल जेनजी आन्दोलमा कांग्रेका पार्टी कार्यालयदेखि नेताको घर जलाउने नेतृत्व गगन थापाले गरेको आरोप लगाउँदै उनीमाथि छानविन गर्नुपर्ने बताए ।

उनले भने,‘रवि लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध राखेर गगन थापा, शेरबहादुर देउवा, आरजु राणालगायतले स्क्रिप्ट लेखेर फसाएका हुन् । जेननी आन्दोलनमा पनि कांग्रेसको पार्टी कार्यालयदेखि नेताहरुको घर जलाउनेसम्मको नेतृत्व गगन थापाले गरेका हुन् । उनीमाथि छानविन हुनुपर्छ । आरजु राणालाई झापड हान्ने केटाहरु पनि गगन थापाका हुन् । दलित समूदायमा भाइहरु हुन् । तीनिहरुले गगनले भनेका कारण झापड हानेका हौं भनेका छन् । आज बचाइदिनुपर्यो पनि भनेका छन् ।’ त्यस्तै उनले रवि लामिछानेलाई विशेषगरी कांग्रेस र एमाले मिलेर प्रतिशोधको आधारमा फसाएको बताए ।
‘भेटमा रवि लामिछानेमाथि विशेषगरी कांग्रेस र एमाले मिलेर जुन खालको प्रतिशोध साँधेर उहाँमाथि अत्याचार भएको छ ,त्यसका विरुद्धमा एकचोटी उभिुपर्छ भनेर कारागार पुगेको हुँ । उनीमाथि भएको राजनीतिक हिंसा र बद्ला भएको छ । त्यसको विपक्षमा उभिन यहाँ आएको हुँ,’ उनले भने ।
त्यस्तै उनले रवि लामिछाने अहिलेको अवस्थामा देश र जनताको लागि चाहिएको होनाहार व्यक्ति भएको भन्दै आफूलाई थुनेर रविलाई छोड्न मिल्ने भए थुनिन तयार रहेको बताए ।

भेटमा दर्ता भएका नयाँ सबै पार्टीहरुबीचको एकतालाई लिएर जाने विषयमा लामिछानेको बुझाई र भनाई के छ भन्ने विषयमा कु्राकानी भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्