इन्द्रपुरमा केबीआरयु कन्दङ्गवा कप हुने

इन्द्रपुरमा केबीआरयु कन्दङ्गवा कप हुने

बिराटनगर, २३ फागुन । मोरङ्गको इन्द्रपुर स्थित बिराटचौकमा आगामी चैत १ गतेदेखी तेश्रो केबिआरयु कन्दंवा स्मृती गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । आज बिराटनगरमा आयोजक सगरमाथा युवा क्लबले पत्रकार सम्मेलन गरी प्रतियोगिता हुनेबारे जानकारी गराएको हो । चैत ८ गतेसम्म हुने प्रतियोगितामा बंगलादेशको अवाहनी क्रिया चक्रो फुटबल क्लब र नेपालमा सात वटा टिमले प्रतिष्पर्धा गर्नेछन् । त्यस्तै आयोजक सगरमाथा युथ क्लब सहित नेपालका रानी पोखरी कर्नर टिम आरसिटी, जावलखेल युथ क्लब, हिमालयन शेर्पा क्लब, ससस्त्र प्रहरीको एपिएफ, पिएलओ मित्र मिलन क्लब सुनसरी, र एएफसी क्लब झापा लगायतको सहभागीता रहनेछ प्रथम हुने टिमलाई १ लाख १ हजार, दोस्रो हुने टिमलाई ५१ हजार, उत्कृष्ट खेलाडीलाई १५ हजार, सर्वाधिक गोलकर्तालाई ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याच लाई २ हजार नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र दिने अध्यक्ष जनार्दन बास्तोलाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner