धम्की दिएर चन्दा उठाउनेहरु विच मै झगडा

धम्की दिएर चन्दा उठाउनेहरु विच मै झगडा

विराटनगर, २४ फागनु । धम्कीपुर्ण तरिकाले संकलन गरिएको चन्दा बाँडफाँडमा कुरा नमिलेपछि चन्दा उठाउनेहरु विच आपसी झगडा हुदा एकजना घाइते भएका छन । झगडामा  परेर आशिष कटुवाल घाईते भएका हुन् । घाइतेको टाउकोमा छुरा प्रहार गरेको चोट रहेको प्रहरीले जनाएको छ ।
घाइतेसहित अन्य तिन जनालाई विराटनगरको तीनपैनी क्षेत्रबाट प्रहरीले पक्राउ गरेर आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा विराटनगर २ का २० बर्षिय सम्मान चौधरी, आशिष कटुवाल, २१ बर्षिय योगेस रेग्मी र २२ बर्षिय जेसन कटुवाल रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरिक्षक उमाप्रसाद चर्तुवेदीले बताउनुभयो । विराटनगरको तीनपैनी एरियामा चन्दा संकलनमा संलग्न रहेका उनीहरुलाई संकलन गरिएको चन्दाको विषयमा विवाद भएर झगडा गरिरहेको अवस्थामा प्रहरीले मंगलबार साँझ पक्राउ गरेको प्रनाउ चर्तुवेदीले बताउनुभयो । प्रहरीले उनीहरुलाई चन्दा संकलनमा प्रयोग गरिएको रसिद र एक थान छुरा सहित पक्राउ गरेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner