पाँच लाख २८ हजार दुई सय ५७ ले दिने भए एसएलसी परिक्षा

पाँच लाख २८ हजार दुई सय ५७ ले दिने भए एसएलसी परिक्षा

विद्यार्थीका लागि फलामे ढोकाको रुपमा मानिने एसएलसी (प्रवेशीका ) परीक्षा २०६८ को सम्पूर्ण तयारी पुरा भएको छ ।
       आगामी चैत ७ गते देखि संचालन हुने एसएलसीका लागि परीक्षा केन्द्र निर्धारण, प्रश्नपत्र जिल्लामा पु¥याउने र केन्द्राध्यक्ष नियुक्ती गर्ने लगायतका परीक्षा व्यवस्थापनमा आवस्यक सवै काम सम्पन्न गरि सकिएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले जनाएको छ । यो बर्षको एसएलसी परीक्षा मर्यादित रुपमा सम्पन्न गर्नका लागि केन्द्राध्यक्ष, सुरक्षाकर्मी, अन्य कर्मचारी लगायत गरेर देशभर ५६ हजार जनसक्ति परिचालन गरिने कार्यालयले जनाएको छ ।
       देशभरीबाट पाँच लाख २८ हजार दुई सय ५७ जना विद्यार्थी एसएलसी परीक्षामा सहभागि हुने छन् । नियमित तर्फ चार लाख ४६ हजार एक सय ६६ र एक्जाम्टेड तर्फ ८२ हजार ९१ विद्यार्थी परीक्षामा सहभागि हुने छन् । एसएलसी संचालनका लागि देशभरमा एक हजार सात सय ४८ परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षा केन्द्र निर्धारण गर्दै केन्द्राध्यक्ष नियुक्ती गर्ने काम समेत सकिएको परीक्षा नियन्त्रक डिल्लीराम रिमालले बताए । यो बर्षको एसएलसी परीक्षाका बारेमा जानकारी दिन विराटनगरमा बुधबार परीक्षा नियन्त्रण कार्यालय सानोठिमी र जिल्ला  शिक्षा कार्यालय मोरङद्धारा संयुक्त रुपमा आयोजित कार्यक्रममा परीक्षा नियन्त्रक रिमालले प्रश्नपत्र छपाएर प्रत्येक जिल्ला र परीक्षा केन्द्र आसपासका स्थानमा पु¥याउने काम सम्पन्न भई सकेको जानकारी दिए ।
       एसएलसी परीक्षामा सहभागि हुने विद्यार्थीले यो बर्ष दोहोरो रजिष्ट्रेसन फारम भरेको समेत पाईएको छ, नियन्त्रक रिमालले भने देशभरीमा दुई हजार पाँच सय विद्यार्थीले दोहोरो फारम भरेको पत्ता लागेको छ । ७७ बर्षे एसएलसी इतिहासमा यति धेरै संख्यामा दोहोरो फारम विद्यार्थीले भरेको पहिलो पटक पाईएको नियन्त्रक रिमालले बताए । विद्यालय, अभिभावक र विद्यार्थीकै लापरवाहीका कारण एक विद्यार्थीले चार ठाउँबाट समेत रजिष्ट्रेसन भरेको पाईयो यो विषयमा छानविन सुरु गरिएको छ उनले भने । परीक्षा नियन्त्रक रिमालले दोहोरो फारम किन भरे भन्ने बारेमा जानकारी नभएको तर दोहोरो फारम भर्ने परीक्षार्थीलाई कारवाही गर्नका लागि अनुसन्धान र छानविन सुरु गरिएको बताए । दोहोरो फारम भरेका सवै विद्यार्थीलाई भने नियम पु¥याएर परीक्षा दिने बातावरण सृजना गर्ने उनले जानकारी दिए । उनका अनुसार कतिपय विद्यार्थीको समेत संकास्पद फारम प्राप्त भएका कारण त्यसका बारेमा पनि परीक्षा नियन्त्रण कार्यालयले छानविन सुरु गरेको छ ।
       त्यस्तै मोरङ जिल्लामा यो बर्ष ६२ वटा परीक्षा केन्द्रबाट १८ हजार पाँच सय ८४ विद्यार्थीले एसएलसी परीक्षा दिंदै छन् । जिल्ला शिक्षा कार्यालय मोरङका उपसचिव असोक कालाखोतीका अनुसार परीक्षामा सहभागि विद्यार्थी मध्ये दुई हजार नौ सय ८२ जना एक्जाम्टेड तर्फका छन् । मोरङमा यो बर्ष एक सय ५४ संस्थागत र एक सय ४७ सामुदायिक गरेर तीन सय एक वटा विद्यालयका विद्यार्थीले परीक्षामा सहभागिता जनाउने उपसचिव कालाखेतीले बताए । उनका अनुसार गत बर्षको तुलनामा यो बर्ष १८ वटा नयाँ विद्यालय थपिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner