नशारहित होली मनाउन युवाहरुको पहल

<span class='c1'>नशारहित होली मनाउन</span> <span class='c2'>युवाहरुको पहल</span>

विराटनगर, २४ फाल्गुन । नशारहित होली मनाउने सन्देश छर्दै विराटनगरका युवाहरुले आज विराटनगरमा सद्भाव र्याली निकालेका छन् । मोरङ युवा सञ्जालसँगै रिचमण्ड फेलोसिप र नवज्योति पुर्वाञ्चल पुर्नस्थापना केन्द्रको आयोजना र विराटनगरका विभिन्न युवा संस्थाहरुको सहकार्यमा निकालिएको सद्भाव र्यालीले मादक पदार्थविहिन र नशारहित होली मनाउन अभिप्रेरित गरेको थियो । र्याली विराटनगरको जनआन्दोलन चौकबाट सुरु भई शनिमन्दिरबाट मेनरोड हुदै ट्राफिक चौकको बाटो भइ पुनः जनआन्दोलन चौकमा नै पुगेर समापन भएको थियो । र्यालीमा युथ फर ब्लड, क्रिश्चियन यथ सोसाइटि, युवा अभियान, न्यु लाइफ फेलोसिप, फरेन, कोक्यापलगायतका संस्थाका युवाहरुको समेत सहभागिता रहेको थियो । र्याली अघि बढ्ने क्रममा विभिन्न चौकहरुमा कोण सभा समेत गरिएको थियो । कोणसभामा पत्रकार भिम घिमिरे, जिल्ला विकास समितिका छत्र बजगाँइ, कोक्यापका दयासागर, न्यु लाइफ फेलोसिपका बेनु कार्की, नवज्योति पुर्नस्थापनाका शसिल रिजाल, नेविसंघका दिनानाथ आचार्य, युथ फर ब्लडका निर्मल शर्मा, क्रिश्चियन युथ सोसाइटिका पर्वत खड्कालगायतले बोलेका थिए भने सरोज कार्कीले उद्घोषण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्