जनस्ंवमसेवक व्यूरोले सामाजिक कार्यको थालनी

जनस्ंवमसेवक व्यूरोले सामाजिक कार्यको थालनी

उर्लाबारी/पछिल्लो समयमा राजनितिक दलका भातु संगठनहरु अराजक भईरहेको अवस्थामा एमाओबादीनिकट भातु संगठन जनस्ंवमसेवक परिचालन ब्यूरो नगरसमिति उर्लाबारीले मंगलबार सामाजिक कार्यको थालनी गरेको छ ।

नगर समितिको आयोजनामा उर्लाबारी चौकमा रक्तदान तथा अनाथ आश्रमलाई खाद्यन्य सहयोग गरेको हो ।  रक्तदान जिवनदान भन्ने नाराको साथ भएको रक्तदानमा ५१ जनाले रक्तदान गरेका छन् । सङकलित रगत नेपाल रेडक्रस सोसाइटी दमकमा लगिएको ब्यूरोका उपाध्यक्ष जिवन राईले बताउनुभयो । त्यस्तै सोही कार्यक्रममा उर्लाबारी–४ स्थित नमुना बाल गृहमा आश्रित बालबालिकाहरुको लागि १३ हजार बरावरको १० बोरा चामल समेत हस्तान्तरण गरिएको छ । ब्यूरोका नगर अध्यक्ष सुसन लिम्बुले आश्रमका प्रतिनिधी प्रहलाद थापालाई हस्तान्तरण गर्नु भएको थियो । सो आश्रममा २९ जना अनाथ, असाहय बालबालिकाहरु आश्रित रहेका छन् । युवाहरुलाई सामाजिक कार्य प्रेरित गर्ने उद्देश्यले सो कार्यक्रम गरिएको र यस्ता कार्यक्रमलाई निरन्तरता दिने अध्यक्ष लिम्बुले जानकारी दिनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner