औद्योगिक ब्यवसायीक ऐन २०६८ को मस्यौदामा छलफल

औद्योगिक ब्यवसायीक ऐन २०६८ को मस्यौदामा छलफल

आज बिराटनगरमा उद्योग संगठन मोरङ्गले आयोजना गरेको औद्योगिक ब्यवसायीक ऐन २०६८ को मस्यौदा सम्बन्धी छलफल कार्यक्रममा उद्योगीहरुले औद्योगिक क्षेत्रको बिकासको माध्यमबाट समग्र देशको अर्थतन्त्रमा टेवा पुग्न खालको निती बनाउनुपर्नेमा जोड दिएका छन् । उनीहरुले औद्योगिक ब्यवसाय सम्बन्धी कानुनलाई समेत प्राथमिकता दिनपर्ने बताएका छन् । कार्यक्रममा उद्योग संगठन मोरङ्गका कार्यकारी सचिव सोमनाथ अधिकारीले ऐनका बारेमा कार्यपत्र प्रश्तुत गर्नुभएको थियो । कार्यक्रममा उद्योग मन्त्रालयका सचिव यम कुमारी खतिवडाले कार्यक्रममा प्रस्तुत ऐनलाई उद्योग मन्त्रालयले समेट्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।  उहाले स्थानिय स्तरका सल्लाह र सुझावलाई चाडो भन्दा चाडो संसदमा समेत पठाउन आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner