पब्लिक फोरम प्रथम

पब्लिक फोरम प्रथम

विराटनगर, १ चैत्र । उपभोक्ता अधिकार दिवसको अवसरमा विराटनगरमा आयोजना गरिएको हाजिरि जवाफ प्रतियोगितामा पब्लिक फोरमको टोली प्रथम भएको छ । वाणीज्य कार्यालय मोरङ र जिल्ला भरिका सबै उपभोक्ता संस्थाहरुको संयुक्त आयोजनामा गरिएको उक्त प्रतियोगितामा पब्लिक फोरम १२५ अंकको साथमा प्रथम भएको हो । यसै गरि आदर्श उपभोक्ता मञ्च ९० अंकका साथ दोस्रो र उपभोक्ता हित संरक्षण मञ्च ६० अंकका साथ तेस्रो भएको हो ।
प्रतियोगितामा प्रथम हुनेले ३ हजार, दोस्रोले २ हजार र तेस्रोले १ हजार पुरस्कार राशी प्राप्त गर्ने आयोजकले बताएका छन् । प्रतियोगिता प्रमुख जिल्ला अधिकारी तारानाथ गौतमको उपस्थितिमा भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner