ट्रेनिङ सेन्टर ए र मुनाल क्लब बिजयी

ट्रेनिङ सेन्टर ए र मुनाल क्लब बिजयी

बिराटनगरमा जारी नगर स्तरीय नकाउट फुटबल प्रतियोगिता अन्र्तगत आजको खेलमा ट्रेनिङ सेन्टर ए र मुनाल क्लब बिजयी भएका छन ।
बिराटनगर जुट मिलको खेल मैदानमा भएको प्रतियोगीताको पहिलो खेलमा ट्रेनिङ सेन्टर ए ले स्मृती यूबा क्लब १ ० गोल अन्तरले हराउदै बिजयी भएको हो । जसमा राम लिम्बुले निर्णायक गोल गरेका थिए ।
यस्तै आजै भएको दोश्रो खेलमा मुनाल क्लबले अमर यूबा क्लबलाई ४–१गोल पछि पारेको थियो । खेलमा मुनालका शैलेस राईले २ गोल गरेका थिए भने टिका साह र बिमल राजबंशीले एक एक गोल गरेका थिए । प्रतियोगिताको क्बाटरफाइनल अन्र्तगत भोलीको पहिलो खेल बैकं रोड र बज्रङ
क्लब क्लब विच हुदैछ । दोश्रो खेल आयोजक रानी ट्रेनिङ सेन्टर बि र बिराटनगर बसपार्क क्लब विच हुने छ । रानी यूबा क्लबको आयोजनामा जारी प्रतियोगीतामा बिराटनगरका १२ बटा टिमको सहभागीता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner