धरान इडलियन १२२ रनले विजयी

धरान इडलियन १२२ रनले  विजयी

बिराटनगरमा जारी बिराटनगर मेडिकल प्रिमियर लिग (बिएमपीएल) क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा धरान इडलियन १२२ रनले  विजयी भएको छ ।
महेन्द्र मोरङ क्यम्पसको खेलमैदानमा भएको आजको खेलमा बिराटनगर हटलरलाई हराउँदै हटलर बिजयी भएको हो । टस जितेर पहिले ब्याटिङ रोजेको इडलीयनले निर्धारीत २० ओभरमा १७५ रन बनाएको थियो ।
१७६ रनको लक्ष्य पछ्याउदै ब्याटिङ गरेको हटलर १२ ओभरमा सम्पुर्ण बिकेट गुमाउदै ५४ रनमा समेटिएको थियो ।
खेलको म्यान अफ द म्याच इडलीयनका तबरेज अलि घोषित भएका छन् ।
नेपाल मेडिकल सेल्स रिप्रेन्जेटेटिभ एसोसिएसन बिराटनगरले आयोजना गरेको बिराटनगर मेडिकल प्रिमीयर लिग(बिएमपिएल) प्रत्येक सनिबार मात्रै हुने खेल चैत्र १८ गते सम्म जारी रहने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner