एसएलसीमा महिला केन्द्राध्यक्ष राख्न माग

एसएलसीमा महिला केन्द्राध्यक्ष राख्न माग

एसएलसिको केन्द्राध्यक्षमा महिलाहरुलाई समानुपातीक रुपमा सहभागीता नभएको भन्दै महिला प्रध्यानाध्यपकहरुले  बिरोध जनाएका छन ।
 आगामी चैत्र ७ गते देखि संचालन हुने प्रबेशिका परिक्षाको लागी केन्द्राध्यक्ष तोकिएको छ । आज बिराटनगरमा एक कार्यक्रमको आयोजना गरि परिक्षाकेन्द्रको मोरङका ६२ केन्द्रको लागी  केन्द्राध्यक्ष तोकिएको हो । मोरङका ६२बटा केन्द्रमध्ये एक केन्द्रमा मात्रै महिला केन्द्रध्यक्ष तोकीएको छ ।
 केन्द्रध्यक्ष राजनैतिक भागबण्डाको आधारमा तोकिएको भन्दै  प्रध्यानाध्यपक मात्रै केन्द्रध्यक्ष बनाउने  निर्देशिका बिपरित भएकोमा बिरोध जनाएका हुन ।
प्रबेशिका परिक्षा २०६८ मर्यादित र ब्यबस्थित परिक्षा संचालन सम्बन्धमा भएको अन्तकृया तथा अभिमुखिकरण कार्यक्रममा शिक्षीकाहरुले बिरोध जनाएका हुन ।
कार्यक्रममा बोल्दै परिक्षा समिति संयोजक समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी तारानाथ गौतमले एसएलसीमा चिट चोर्ने चोराउने सक्त कार्बाहि गर्ने बताउनु भयो । प्रमुख जिल्ला अधिकारी गौतमले परिक्षालाई मर्यादित बनाउन  कडाई गरिने बताउनु भयो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner