डाँयनिया अग्नी पीडितले राहत पाए

डाँयनिया अग्नी पीडितले राहत पाए

दक्षिणी मोरङको डाँयनिया २ सिक्टीमा भएको आगलागीमा परेका २९ जना अग्नी पीडितलाई  राहत वितरण गरिएको छ ।
पीडितलाई प्रति परिवार ४ हजार नगद,५ केजी चिउरा,३ केजी भुजा र १ केजी मा जिल्ला दैवीप्रकोप समिति मोरङले आज राहत वितरण गरेको हो ।
राहत वितरणमा  मोरङका प्रमुख जिल्ला अधिकारी तारानाथ गौतम ,प्रहरी प्रमुख एसपी प्रद्युम्न कार्की,सशस्त्र प्रहरी मोरङ प्रमुख राघवसिंह थापा लगायतको उपस्थिती रहेको थियो । आगलागी पिडितहरुलाई प्रमुख जिल्ला अधिकारी गौतमले पीडितहरुलाई छिट्टै कम्बल,भाडा वर्तन र आवश्यक सामाग्री उपलब्ध गराउँने वचन दिनु भएको छ ।
चैत ७ गते दिँउसो पौने १ बजेतीर स्थानीय बोनदेर मियाँको घरबाट पराल नजिक फालिएको खरानीबाट आगलागी हुँदा ३५ घर जल्दा ४० लाख बढीको क्षति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner