गाँउमा डाका लाग्दा प्रहरीले वास्ता गरेन भन्दै सडक अवरुद्ध

<span class='c1'>गाँउमा डाका लाग्दा प्रहरीले वास्ता</span> <span class='c2'>गरेन भन्दै सडक अवरुद्ध</span>

सशस्त्र डाँका समूहले मोरङको डंग्राहाका सात घरमा लुटपाट गरेको घटनाप्रति प्रहरी गम्भीर नरहेको भन्दै डंग्राहावासीले विराटनगर–इटहरी सडक खण्ड आज बिहान १० बजे देखि केहिबेर अबरुद्ध पारेका छन । डाँकाहरुको समूहले डंग्राहा–३ तिलाठी टोलका सात घर लुट्ने क्रममा प्रतिकार गर्ने स्थानीय मक्कर बुढाथोकी गम्भिर घाइते समेत भएका थिए । उनको टाउकोमा गम्भिर चोट लागेको छ ।
१५–२० जनाको समुहमा आएको सशस्त्र डाकाहरुले राति करिब डेढ बजे गाउँ पसेर घाइते मक्कर बुढाथोकि , हस्तबहादुर कार्की, राम चौधरी, संजिव सरदार र सिरुलाल सरदारको घरबाट नगद र जिन्सी समान लुटेका थिए । डाँकाहरुको समूहले गाउँमै दुईवटा सुतली बम छाडेर भागेका थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्