झोराहाटवासीले पाउने भए स्वच्छ खानेपानी

झोराहाटवासीले पाउने भए स्वच्छ खानेपानी

विराटनगर, १२ चैत /स्वच्छ  खानेपानी पिउने उद्देश्यले झोराहाट गाविसका उपझोक्ताहरुले टयाङकीको भवनको उदघाटन गरिएको छ ।
झोराहा १ स्थित ५ कठ्ठा जमिनमा रहको  खानेपानीको टयाङकी निमार्ण गरीएको हो । शनिबार एक कार्यक्रमबीच भौतिक योजना तथा राज्य मन्त्री इश्वर दयालले खानेपानी टयाङकीको रिबीन काटि उदघाट गर्नुभएको थियो । नेपाल सरकारबाट १ करोड ५९ लाख ५४ हजार रुपैया र झाराहाट गाविसका उपभोक्तmाहरुबाट १९ लाख ७९ हाजर गरी १ करोड ५९ लाख ५४ हजार रुपैया लागतमा उतm टयाङ निमार्ण गरीएको हो । झोराहा गाविसमा २ सय १९ वटा निजी धारा रहेकोमा १ हजार १ सय घरधुरी रहेको गाविसमा ७ हजार उपभोक्तmाहरु खानेपानीबाट लाभीन्त भएको खानेपानी उपझोक्तmा समतिका अध्यक्ष कुमार वाग्लेले जानकारी दिनुभयो ।

कार्यक्रममा मन्त्री दयालले विकासमा एक हुँदै सार्वजानिक–निजी साझेदारीको आवश्यक पर्ने भएकोले सबैले विकास निमार्णको काममा ध्यान दिनुपर्ने र यसको पहिचान गर्न लाग्नुपर्ने बताउनुभयो । उहाले पूर्वाञ्चल विकास निमार्णमा ओझेलमा पर्दै गएको हुनाले नजिककै रहेका पूर्वाधार विकास गर्नुको लागि राज्य अघि सर्न आवश्यकता रहेको बतानुभयो । कार्यक्रममा खानेपानी तथा सरसफाई कार्यलय मोरङका अध्यक्ष विनोद चन्द्र झाले पूर्वी भेगको ग्रामिण क्षेत्रको गाविसहरुको जनाताहरुलाई स्वच्छ  खानेपानी पिउनको लागि राज्यले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा खानेपानी तथा सरसफाई कार्यलय पूर्वअञ्चल निर्देशक मनोज घिमिरे, झोराहाट  खानेपानी उपभोक्तmा समितीका उपध्यक्ष मदन पुडासीक , यूवा गायक सुमित खडकालगायतले बोल्नुभएको थियो ।
सोही अवसरमा खानेपानी टयाङकीलाई ५ कठ्ठा जविन निशुल्क दान दिनुहुने झोराहाट गाविसका समाजसेवी तथा समितिका अध्यक्ष कुमार वाग्लेलाई प्रमुख अतिथी राज्य मन्त्री दयालले दोसल्ला ओढाइ सम्मान गर्नुभएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner