चिट चोराउने सहायक केन्द्राध्यक्षसहित ३ जना निष्कासित

<span class='c1'>चिट चोराउने सहायक केन्द्राध्यक्षसहित</span> <span class='c2'>३ जना निष्कासित</span>

उर्लाबारी/ एसएलसी परिक्षामा चिट चोराएको अभियोगमा सहायक केन्द्राध्यक्षसहित ३ जनालाई आइतबार निष्कासन गरिएको छ ।
मोरङको उर्लाबारीस्थित सप्तकोशी उच्च माबि परिक्षा केन्द्रका सहायक केन्द्राध्यक्ष सुरेश अधिकारीसहित ३ जनालाई निष्कासन गरिएको हो । सहायक केन्द्राअध्यक्ष अधिकारीसहित सुनपकुवा उच्च माबि परिक्षा केन्द्रका निरिक्षक भिमसेन धिमाल र रमेश श्रेष्ठलाई निष्कासन गरिएको छ । जिल्ला शिक्षा कार्यालय मोरङको अनुगमन टोलीले उनीहरुलाई चिट चोराएको आरोपमा निष्कासन गरेको बताइएको छ । आइतबार अनिर्वाय बिज्ञानको परिक्षा रहेको थियो । उर्लाबारीका परिक्षा केन्द्रहरुमा बिद्याथीहरुलाई कडा चेकजाँच गर्न समेत थालिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्