जेपि गुप्ता भन्दा बढि सम्पति कमाउनेलाइ अख्तियारले नदेख्नु मधेशीमाथिको प्रहार

जेपि गुप्ता भन्दा बढि सम्पति कमाउनेलाइ अख्तियारले नदेख्नु मधेशीमाथिको प्रहार

बिराटनगर १३ चैत्र । भौतिक योजना राज्य मन्त्रि इश्वर दयाल मिश्रले सान्ति र सबिधानको बाधक माओबादि भित्रको एउटा समुह मोहन बैद्य रहेको बताउनु भएको छ । तराइमधेस लोक तान्त्रिक पार्टिले सोमबार बिहान बिराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्रि मिश्रले मोहन बैद्यकै कारण सान्ति र सबिधान को कार्य ओझेलमा परेको बताउनु भयो । मन्त्रि मिश्रले सान्ति र सबिधानको कार्य यसरिनै ओझेलमा परिरहने हो भने मधेसि मोर्चाले डा बाबुराम भट्टराइलाई दिएको समर्थन फिर्तालीने बताउनु भयो । सर्बोच्च अदालत मधेस र मधेसि बिरोधि भएको बताउदै मन्त्रि मिश्रले सर्बोच्च अदालतकै पुर्वाग्राहि फैसलाले गर्दा नेपालि सेनामा तिन हजार मधेसि हरुको सामुहि प्रबेस हुननसकेको बताउनुभयो । वाहाले उपराष्ट्रपति प्रमानन्द झाले हिन्दि भाषामा सफत लिदा देखिनै सर्बोच्च अदालत मधेशीको बिरोधि भएको र यति खेरपनि नेपालि सेनामा मधेशी प्रवेश र नगरिकता जस्ता बिषयमा अन्तरिम आदेश जारी गर्दै मधेश बिरोधि आचरण देखाएको आरोप लगाउनु भयो । पुर्व सुचना तथा संचार मन्त्रि जेपि गुप्ता भन्दा बढि सम्पति आजर्न गर्नैका बिरुद्ध अतियार दुरुपयोग अनुसन्धान आयोग मौन रहनु मधेशी नेता माथि मात्रै भ्रष्ट्रचारको मुद्दाचलाउनु ले पनि सर्बोच्च मधेसि बीरोधि रहेको पुष्टि हुने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner