न्युनतम मापदण्ड पुरा नगरी संचालन बाल गृहका बालबालिका पूर्वाञ्चल अनाथ आश्रमलाई

न्युनतम मापदण्ड पुरा नगरी संचालन बाल गृहका बालबालिका पूर्वाञ्चल अनाथ आश्रमलाई

बिराटनगर चैत २१ । जिल्ला प्रशासन कार्यालय मोरङ र जिल्ला बाल कल्याण समिति मोरङको पहलमा गत माघ २५ गते बिराटनगरमा ३ वटा अनाथाश्रमबाट उद्धार गरिएका बालबालिका मध्ये ७ जनालाई मंगलबार दीर्घकालिन पुन स्थापना गरिएको छ ।

पुर्बाञ्चल अनाथाश्रममा मंगलबार जिल्ला प्रशासन कार्यालय मोरङ र जिल्ला बाल कल्याण समिति मोरङको सयुक्त रुपमा एक कार्यक्रमको आयोजना  कार्यक्रमको गरी ७ बालबालिकालाइ अनाथाश्रममा पुर्न स्थापना गरिएको हो । गत माघ २५ गते बिराटनगरका बिश्वशान्ती नवतारा , सत्कार समाज र को–भ्वाइस नेटबाट उद्धार गरिएका २५ जना बालबालिका मध्ये ७ जनालाइ पूर्बाञ्चल अनाथाश्रममा र अन्य १८ जनालाइ पारिवारीक पुर्नस्थापना गरिएको  जिल्ला बाल कल्याण समितिकी बाल अधिकार अधिकृत सुनिता ताम्राकारले सो कार्यक्रममा जानकारी दिनुभयो । बाल गृह सञ्चालन तथा ब्यवस्थापनका लागि न्युनतम मापदण्ड २०६० अनुसार बालबालिका नराखेको पाइएपछि बालबालिकालाई ती अनाथाश्रमबाट उद्धार गरिएको थियो । कार्यक्रममा पूर्बाञ्चल अनाथाश्रमकी अध्यक्ष सीता पोखरेलले आफूसंग आएको ती बालबालिकाहरुलाई प्रति खुशी व्याक्त गर्दै आफ्नै छोरा छोरी सरह पालन पोषण गरी उनीहरुलाई राम्रो शिक्षाको व्यावस्था गरीने बताउनु भयो । दीर्घकालिन पुर्नस्थापना कार्यक्रममा निमित्त महिला बिकास अधिकृत मञ्जु लोहनी , बाल कल्याण समितिकी बाल अधिकार अधिकृत सुनिता ताम्राकार , सिबिन हेल्प लाइनकी बिष्णु पौडेल , लगायतलेबालसंरक्षणको बारेमा बोल्नु भएको थियो ।  बोल्नु सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner