थ्रिस्टार विराट गोल्डकपको सेमीफाइनलमा

थ्रिस्टार विराट गोल्डकपको सेमीफाइनलमा

बिराटनगरमा जारी बिराट गोल्डकपमा  थ्रिस्टार सेमीफाइनलमा प्रवेश गरेको छ । आज निकै प्रतिष्पर्धात्मक रहेको थ्रीस्टार र आरसिटिको खेलमा दोस्रो हाफ दोस्रो मिनेटमा थ्रिस्टारका राष्ट्रिय टिमका चर्चित खेलाडी सन्तोस साहुखलको पासलाई अर्का खेलाडी बिजय धिमालले हेडमार्फत गोल गरेका थिए । 
      पहिलो हाफमा दुवै टिमले पाएका थुप्रै अवशरहरुलाई गोलमा परिणत गर्न नसक्दा गोलरहित बराबरीमा रह्यो ।  दोस्रो हाफको शुरुवातिमा नै थ्रिस्टारले गोलगरेपछि आरसिटि दवावमा प¥यो ।
            आज दिउँसो सम्पन्न खेलको म्यान अफ द म्याच थ्रिस्टारका भिक्टोर एमोबिल घोषित भए ।यसैबीच  आज  बिहान हुने भनिएको खेलमा प्रतिष्पर्धी टिम उपस्थित नभएपछि लक्ष्मि हुण्डाइ मनाङ मस्र्याङग्दी क्लब सोझै सेमिफाइनलमा प्रवेश गरेको छ ।
विवादका कारण हिजो निर्णय नगरी आज  बिहान ८ बजेदेखि पुन खेलाइने भनिएको प्रतियोगीतामा हङकङ नेप्लिज फुटबल क्लब प्राविधिक कारण दर्शाउँदै खेलमा अनुपस्थित रहेको आयोजकले जनाएको छ । प्रतियोगीतामा नियमानुशार मनाङ मस्र्याङग्दी वाक ओभरमा सेमिफाइनलमा प्रवेश गरेको हो ।
यसअघि सोमबार भएको खेलमा यी दुवै टिमले दुइ दुइ गोल गरेका थिए । निर्धारीत समयमा दुइदुइ गोलको बराबरी भएपछि २० मिनेटको अतिरिक्त समयमा कुनै गोल हुन सकेन । अन्तत खेलको निर्णय ट्राइब्रेकरमा गर्ने आयोजक र एम्पायरको आग्रहलाई मनाङले अस्विकार गरेपछि खेल आज बिहानलाई सारिएको थियो । यता हङकङले भने आयोजक र एम्पाएरले गरेको निर्णय फिर्ता गरेपछि असन्तुष्ट हुँदै आजै  खेल बहिस्कार गर्दै घर फर्किएको छ ।
      प्रतियोगीता अन्तर्गत भोलीको पहिलो सेमिफाइनलको खेल यति हिमालयन शेर्पा र लक्ष्मि हुण्डाइ मनाङ मस्र्याङग्दी बीच हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner