क्यान इन्फोटेक मोरङमा आर्थिक अनियमितता भएको खुलासा

क्यान इन्फोटेक मोरङमा आर्थिक अनियमितता भएको खुलासा

कम्प्युटर एसोसिएसन अफ नेपाल(क्यान) मोरङले पहिलोपटक आयोजना गरेको क्यान इन्फोटेकको आम्दानीमा आर्थिक अनियमितता भएको देखिएको छ । कार्यक्रमबाट कम्तीमा ५ लाख नाफा भएको देखिएपनि क्यान मोरङका पदाधिकारीले उक्त रकममा अनियमितता गरेको रहस्य खुलेको छ ।
क्यान मोरङको आयोजनामा गत पुस ८ देखि ११ गतेसम्म विराटनगरमा पहिलो क्यान इन्फोटेक आयोजना भएको थियो । उक्त इन्फोटेकमा स्पोन्सर्ड वापत लगभग १३ लाख, स्टल र टिकटबाट ५ लाख भन्दा बढी रकम संकलन भएपनि खर्च १२ लाखभन्दा ननाघेको इन्फोटेकका मिडिया संयोजक राजन लम्सालले बताएका छन् । कार्यक्रम सकिएको ३ महिना समाप्त भइसकेपनि अहिलेसम्म क्यान मोरङका पदाधिकारीहरुले हिसाव सार्वजनिक नगरेको र आलटाल गर्दै टारेको उनले बताए ।
क्यान मोरङका अध्यक्ष सन्तोस दाहाल, उपाध्यक्ष प्रकाशराज भण्डारी, सचिव संजोग लुइटेल र कोषाध्यक्ष दिपेन्द« दुगढले इन्फोटेकको आम्दानी व्यत्तिगत फाइदाको लागि प्रयोग गरिरहेको रहस्य खुलेको छ । इन्फोटेकमा विज्ञापन प्रशारण गरे वापतको र अन्य केहि खर्चको रकम समेत अहिलेसम्म क्यान मोरङले भुत्तानी नगरेको समेत गुनासो पिडितले गरेका छन् । इन्फोटेक सकिएपछि दर्जनभन्दा बढी पटक हिसाव सार्वजनिक गरौ भनेर आग्रह गर्दा समेत क्यान मोरङका पदाधिकारीहरुले चासो नदेखाएको इन्फोटेकका संयोजक निर्मल तामाङले बताएका छन् । उनले भने “हामीले त कार्यक्रम सकिएको दोस्रो दिन नै स्थानिय पत्रिकामा हिसाव सार्वजनिक गरौ भनेर भन्यौ तर क्यान मोरङले चासो देखाएन र अहिलेसम्म एक पटक पनि मिटिङ समेत राखेको छैन्’ ।
क्यान मोरङका अध्यक्ष सन्तोस दाहालले हिसाव तयार भएपनि सार्वजनिक गर्न नपाएको भन्दै पन्छिन खोजेका छन् । आन्तरिक राजश्व कार्यालयलाई भ्याट तिनुपर्ने भएकोले कार्यक्रमबाट नाफा नभएको उनको भनाई छ । एक अडिटरलाई प्रयोग गरेर अध्यक्ष दाहाले आफ्नो गोजीबाट लाखौको खर्च भएको , होटल र पाहुनालाई स्वागतको लागि २ लाखभन्दा बढी खर्च भएको र भ्याटवापत लाखौ तिर्नु छ भन्दै आर्थिक अनियमितता लुकाउने प्रयास गरेका छन् । उपाध्यक्ष र कोषाध्यक्षले समेत स्पोन्सर्ड गरेवापत आफुले तिर्नुपर्ने रकम नतिरेको देखिएको छ । उता कार्यक्रममा भएको खर्चको भुत्तानी लिन आउनेहरुलाई समेत पटक पटक चेकमा सिग्नेचर नभएको, एकाउन्टमा पैसा नभएको जस्ता वहाना गरेर झुलाएको बुझिएको छ ।
उक्त इन्फोटेकमा सम्पुर्ण काम र जिम्मेवारी कार्यक्रम संयोजक निर्मल तामाङ र मिडिया संयोजक राजन लम्साल सहितको इस्ट आइटी कम्प्युनिटीले निर्वाह गरेपनि क्यान मोरङले उठेको रकम ३र४ जना पदाधिकारीको मिलेमत्तोमा उक्त इभेन्ट म्यानज्मेन्ट समुहलाई रकम दिएको छैन् । विराटनगरमा इन्फोटेक गराउन महत्वपुर्ण भुमिका निर्वाह गरेका इस्ट आइटी कम्युनिटीका अध्यक्ष राजन लम्सालले क्यानको यस्तो व्यवहार देखेर वाक्क लागेको र आगामी दिनमा सहकार्य हुन नसक्ने बताए ।
क्यान मोरङले कम्प्युटर पसल, इन्स्टिच्युट, आइएसपी र व्यत्तिगतरुपमा क्रमश १ हजार १ सय र ३ सय लिएर सदस्य बनाएपनि, त्यसबाट व्यवसायिक हकहितको लागि कुनै काम भएको देखिएको छैन् । ‘आएर पैसा लिएर गए तर अहिलेसम्म कुनै मिटिङमा बोलाएका पनि छैनन र सदस्यको प्रमाणपत्र पनि पाएको छैन’ एकजना कम्प्युटर व्यवसायीले गुनासो गरे । सबैभन्दा रोचक कुरा के छ भने, क्यान मोरङ संस्था ३ वर्ष अघि दर्ता भएको र अहिलेसम्म नविकरण नगरिकन लाखौको कारोबार गरिरहेको छ । यसको अनुगमन सम्वन्धित निकायबाट समेत नभएको देखिन्छ ।
इन्फोटेकको लाखौको कारोबार समेत क्यानका अध्यक्ष सन्तोस दाहालले एक समान्य फाइनान्स कम्पनीबाट व्यत्तिगत खाता खोली कारोबार गरेको देखिन्छ । क्यानले कम्प्युटर व्यवसायी र ग्रामिण क्षेत्रमा सूचना प्रविधिको लागि काम गर्ने भनिएपनि वर्षमा इन्फोटेक गरेर व्यत्तिगत फाइदाको लागि मात्र काम गर्ने गरेको देखिएको छ । पहिलोपटक विराटनगरमा भएको इन्फोटेकमा समेत यसरी अनियमितता भएपछि आगामी दिनमा यसले निरन्तरता पाउने नपाउनेमा शंका उत्पन्न भएको छ ।  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner