पत्रकार पौडेलको हत्यामा स‌ंलग्न भएको भन्दै चार जना बिरुद्ध किटानी जाहेरी

पत्रकार पौडेलको हत्यामा स‌ंलग्न भएको भन्दै चार जना बिरुद्ध किटानी जाहेरी

पत्रकार यादव पौडेलको हत्यामा संलग्न भएको दाबी सहित उनका परिवारले चार जनाको बिरुद्धमा किटानी जाहेरी दर्ता गराएका छन ।  आइतबार जिल्ला प्रहरी कार्यालय झापामा पौडेलका जेठान छविलाल खतिवडाले परिवारकातर्फबाट दिएको किटानी जाहेरीमा बिर्तामोड बसपार्कस्थित पूर्वाञ्चल सेकुवा कर्नर होटेल एण्ड लजका सञ्चालक सोमनाथ ढकाल र मञ्जु ढकाल, झापा अनारमनी ३ का युवराज गिरी र मदन राइलाई विपक्षी बनाइएको छ । राई बाहेक तीनजना जिल्ला प्रहरी कार्यालयले पक्राउ गरिसकेको छ ।

 पक्राउ गरिएका तिन जनालाई थप अनुसन्धानको लागि भन्दै प्रहरीले  आइतबार ५ दिनको म्याद थप गरेको छ । म्याद थपपछि सञ्चारकर्मीसँगको कुराकानीमा झापाका प्रहरी उपरिक्षक तारणि लम्सालले ८० प्रतिशत अनुसन्धान सकिएको बताएका छन । उनले प्रहरी अपराधि नजिक पुगेको प्रतिकृया दिए । गत मंगलबार राती हत्या गरिएका पत्रकार पौडेलको शव गत बुधबार बिहान पूर्वाञ्चल सेकुवा कर्नर अगाडि फेला परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner