उच्च माध्यमिक शिक्षा परिषदमा तालाबन्दी आज पनि जारी

उच्च माध्यमिक शिक्षा परिषदमा तालाबन्दी आज पनि जारी

बिराटनगर, ५ बैशाख । उच्च शिक्षा माध्यमिक शिक्षा परिषद क्षेत्रिय कार्यालय बिराटनगरमा सामुदायिक उच्च माबिका शिक्षकहरुले हिजोदेखी गरेको तालाबन्दी आज पनि जारी छ । तालाबन्दी संगै शिक्षकहरुले कार्यालय परिसरमा धर्ना समेत दिइरहेका छन् । तालाबन्दी कारण सो कार्यालयबाट सम्पादन हुने सम्पुर्ण काम कार्बाही ठप्प हुदा सेवाग्राही मारमा परेका छन् । बिशेष गरी ट्रान्सकृप्ट लिने बिद्यार्थीहरु मारमा परेको बताइएको छ । बिद्यालय क्षेत्र सुधार कार्यक्रम लागु नगर्न लगायका बिभिन्न १४ सुत्रिय माग सहित नेपाल सामुदायिक उच्च माबि शिक्षक युनियनले अनिश्चितकालका लागी परिषदको कार्यालयमा तालाबन्दी गरेको हो । सामुदायिक उच्च माबिलाई स्थायी सम्बन्धन दिनुपर्ने, राज्यले आर्थिक दायित्व बहन गर्नुपर्ने, सामुदायिक उच्च माबिमा कार्यरत सामुदायिक बिद्यालयका शिक्षकहरु नियुक्ती दिई बिश्व बिद्यालयमा अध्यापन गराउने प्राध्यापक सरह सेवा सुबिधा दिनुपर्ने लगायका माग सहित तालाबन्दी गरिएको युनियनका अध्यक्ष डिल्ली सिग्देलले बताउनुभयो । उहाले बिद्यालय क्षेत्र सुधार कार्यक्रम लागु गर्दा शैक्षिक उपनिबेश कायम हुने, बेरोजगारी दर बढ्ने लगायतका प्रतिकुल असर पर्ने भएकाले आफुहरुले बिरोध गरेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner