ठग डाक्टरवाट लुटिन्छन विरामी

ठग डाक्टरवाट लुटिन्छन  विरामी

विराटनगर १२ र्वैसाख । ७ वैसाखमा  कोशी अञ्चल अस्पताल तर्फ जादैगर्दा पम्फा धतानीलाई  दलालले विराटनगर ंरंगेलीरोडमा रहेको पिके शर्मा नामको ठग  डाक्टरकोमा लग्यो । झापाको  मेची नपा २ धुलावारी घरभएकी उनी शरिरको छालाको उपचारमा समस्या देखिएपछि उनी उपचार गराउन विराटनगर आएकी थिइृन । तर दलाले गर्दा  विरामीलाई ‘मुर्गा, मान्ने डाक्टरले फटाफट रगतको जे पायो त्यहि टेस्ट गरायो  । अनि प्रेक्रिप्सनमा नामै नलेखी ५ हजार वढिको औषधि दिएर पठायो ।
 
 विराटनगरमा नक्कली सर्टिफिकेटवाट डाक्टरको प्रमाणपत्र लिएका होमियौपैथिक  ठग डक्टरहरुको विगविगी नै छ । सोझा विरामीहरुलाई दलाल मार्फत उनीहरुले विरामीलाई खुलेआम ठग्दै आएका छन । तर सरकारी निकायले उनीहरुको प्रमाणपत्र खारेज गराउन चासो दिएको छैन । नेपाल होमियो पैथिक चिकित्सक संघका केन्द्रिय अध्यक्ष जीवन प्रकाश शर्मा भन्छन , ‘ होमियो पैथिक चिकित्सकहरुको काउन्सिल नहुदा ठग ठाक्टरहरु मौलाई रहेका हुन ।,

विरामीले आफै ठगीएको महशुस गरेपछि प्रहरी र सिडिओ कार्यालयमा गरेको  उजुरीको आधारमा ठग ठाक्टरहरु पक्राउ पर्नेगरेपनि सजिलै उन्मुक्त्ति पाउछन ।    उनीहरु छुटना साथ पुन विरामी ठग्न सुरु गर्छन । गाउवाट आएका सोझा विरामीहरुलाई ठग्ने डाक्टरहरुमा होमियोपैथीक डाक्टरहरु वढि छन । उनीहरुले रिक्सावाला र तोकेका  दलालहरु मार्फत विरामीलाई क्लिनिकसम्म ल्याइन लगाई  उपचारका नाममा व्रम्हलुट मच्चाउछन । 
 
 
प्रफुल्ल कुमार नामले चिनिएका डा पिके शर्मा उपचारमा ठगी आरोपमै वदनाम भएपछि फेरेको नाम  (पिके शर्मा)  लेखेर पुन ठगी गर्न थालेका हुन । ६ महिना अघि उनी उपचारमा ठगी गरेको आरोपमा सार्वजनिक मुद्दा खेपी रिहा भएका थिए । ठग डाक्टरहरुले आफनो प्रेस्किप्सनमा  क्लिनीकको नाम औषधि र जाचको विवरण लेख्दैनन र सहि पनि गर्नेगर्दैनन । विरामीलाइ विना पुर्जी र विना लेवलको औषधि दिन्छन । होमियो पैथिक चिकित्सक संघका अध्यक्ष शर्मा भन्छन , सवै कानुनवाट जोगीन यसो गरेका हुन , यिनको प्रमाणपत्र नै छानवीन गरेर कार्वाही गर्नुपर्छ । , 
 
 
 विराटनगरमा  उपचारमा ठगी आरोपमा सवैभन्दा वढि अभय कुमार ठाकृुर नामका डाक्टर पक्राउ पर्नेगरेका छन । जतिपटक पक्राउ परेपनि उनले  विरामी ठग्न  गर्न छाडेका छैनन । ६ महिना अघि नै प्रहरीले उनलाई पनि  ठगी आरोपमा २५ दिन हिरासतमा लिएको थियो । जिल्ला प्रशासनले  पुन क्लिनीक खोलेर विरामीको उपचार गर्न नपाउने शर्तमा छोडेको थियो । तर उनले विराटनगरमै  डाक्टर एके ठाकुर नामले पुन विरामी  ठग्न थालेका छन ।
 
विराटनगरका ठग र नक्कली डाक्टरहरुले नाम चलेका डक्टरहरुकोमा आएका विरामीलाई आफु नै त्यो डाक्टर भएको वताउन लगाएर समेत ठगी गर्नेगरेका छन । उनीहरुले अस्पताल र नाम चलेका डाक्टरहरुको क्लिनीक र नसिंङ होम अगाडी दलालहरु पठाउछन । वसवाट ओर्लिएका विरामीहरुलाई रिक्सा चालकहरुलाई  कमिसन दिएर झुक्याएर ल्याउन लगाउछन ।
 
‘ ठग र नक्कली डक्टरहरुलाई निरुत्साहित गर्न ठग डाक्टर , कमिसनखाने  रिक्सावाला र दलालहरुलाई समातेर कार्वाही चलाउदा हैरान भईसक्यौ तर विरामीलाई ठग्ने चलन रोक्नै सकिएन ।, जिल्ला प्रहरी कार्यालय अपराध अनुसन्धान शाखाका ईन्स्पेक्टर शिव श्रेष्ठले भन्छन । उनले चिकित्सकीय ठगीमा प्रहरीलाई मुद्दा चलाउने अधिकार नभएकोले पक्राउ गरिएकाहरुलाई साधारण ठगी र सार्वजनिक अपराधमा मुद्दा चलाउनुपर्ने वाध्यता रहेको वताए । भने , ‘ यसैले उनीहरु सजिलै छुटेर फेरि ठगीमा सकृय हुनेगरका हुन । ,
 
 
ठग ठाक्टरहरुलाई अनुगमनगरि कार्वार्ही  गर्न  जिल्लामा जिम्मेवार निकाय नै छैन । औषधी व्यावस्था विभागले औषधिको मात्रै अनुगमन गर्छ भने जनस्वास्थ्य कार्यालयले पनि डाक्टर र अस्पतालको अनुगमन गर्नु आफनो दायित्व नभएको वताउदै आएको छ । जनस्वास्थ्य कार्यालय मोरङका वरिष्ठ जनस्वास्थय अधिकृत नवराज सुव्वा ठोस नीति नहुदा नक्कली र ठग डाक्टरहरु कार्वाही गर्न नसकेको वताउन ।   
उपभोक्त्तावादी संगठन पव्लिक फोरमका अध्यक्ष उत्तम ढुङगेल स्वास्थ्य उपचारमा भैरहेको खुलेआम ठगीलाई नियन्त्रण गर्न प्रमाणपत्र दिने स्वास्थ्य व्यावसायी परिषदकै छानवीन आवश्यक छ भन्छन । उनी भन्छन , ‘ ठग डाक्टहरुलाई  कानुनी दाउपेचकालागि भ्रष्ट कानुन व्यावसायि , स्थानिय दलका कार्यकर्ता  देखी गुण्डाहरुको  समेत   संरक्षण रहेकोले उनीहरुलाई प्रमाणपत्र दिने निकायकै छानवीन आवश्यक हुन्छ ।,
 विराटनगरमा चादसी दवाखाना , हौमियो पैथिक , देखी एलोपैथिक नक्कली र ठग डाक्टरहरु वग्र्रेल्ति छन । उनीहरुले आफुलाई पुरानो रोग विशेषज्ञ भन्दै भारतको राजस्थान , दिल्ली , कलकत्ता , पटना आदिको डिग्री लेख्दै आएका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner