ह्याप्पी बर्थ डे युथ फर ब्लड

ह्याप्पी बर्थ डे युथ फर ब्लड

एक वर्ष अघि आजकै दिन अर्थात १४ जेठमा दुई जना साथीहरु (दशरथ साह र मुस्कान कटुवाल)लाई पहिलो पटक ब्लड डोनेसन गराई सुरु गरिएको अभियानलाई आजकै दिन ‘युथ फर ब्लड’ नाम पनि दिइएको थियो । त्यस दिन दशरथ साहको डोनेसन गराइसके पछि अफिस पुगेर फेसबुकमा ग्रुप निर्माण गरेर अभियानलाई स्थापित गरिएको हो । फेसबुकबाट ग्रुप सञ्चालनमा आइसकेपछि पहिलो पटक विराटनगरका ३–४ साथीहरुलाई पत्रकार महासंघ मोरङको भवनमा जम्मा पारी यसलाई स्थाई रुप दिन प्रयास गरिएको पहिलो मिटिङको स्मरण अझै एक वर्षसम्म उस्तै ताजै रहेको अवस्थामा आज चार सय भन्दा वढि रक्तदान र २ हजार भन्दा वढि स्वयमसेवकहरु सहित पहिलो वार्षिकोत्सवको मनाउने दिन आइसकेको छ । हुन त यस अभियानको जन्मदिनलाई उल्लासपूर्णरुपमा मनाउनु पर्ने हो र सोहि अनुरुपको योजनामा पनि हामी नरहेको होइन तर देशको प्रतिकुल अवस्थाले त्यसो गर्न पाइएन । रगत चाहिने र रक्तदान गर्न चाहनेहरु बिच पुलको काम गर्ने अभियानको जन्मदिनलाई देशको परिस्थतिले प्रभाव पारेको छ ।
एक वर्ष अघिको त्यो पहिलो दिन गरिएको दुई रक्तदान जस्तै आज एक वर्ष पछि कुनै कार्यक्रम गरि मनाउन नपाएपनि हामीले हाम्रो काम अनुसारनै तिन पिन्ट(यो लेख लेखेर अपडेट गरिसके पश्चात पुन: एक पिन्ट रक्तदान भएको छ ।) रक्तदान गरि वार्षिकोत्सव मनाइरहेका छौ ।
एक वर्षको उमेर बोकेको हाम्रो यस अभियानले गएको ३ सय ६५ दिनमा धेरै गौरविला कामहरु सम्पन्न गरिसकेको छ । विराटनगरसँगै धरान र काठमाडौमा पनि यसको आफ्नै समुह स्थापित गर्न सक्नुले पनि गर्वकै अर्को पाटो बोकेको छ । ३०० भन्दा बढि जिवन जोगाउनु , रगत आन्दोलन गरि रगतको सेवा शुल्क घटाउनु अनि हजारौ युवाहरुलाई एकजुट बनाएर अभियानमा सहभागी गराउनु हाम्रो उपलब्धी र चुनौति दुबै रह्यो । यस चुनौतिमा हामीलाई धेरै नामहरुले साथ दिए । यसै क्रममा विकाश क्षेत्री, भैरव क्षेत्री, खेम नेपाली, विजय खतिवडा, भिम घिमिरे, उज्वल थापा, बिमल अधिकारी, उत्तम ढुंगेललगायतका नामहरु हामीले बिर्सनै नसक्ने नाम हुन् । यसमा हाम्रा नजिकैका सहकर्मी साथीहरुको साथ र माया जोडिएको त छदैछ ।
एक वर्षको अन्तरालमा विगतलाई फर्किएर हेर्दा यस अभियानमा धेरै रमाइला पलहरुलाई विताएर हामीले आफुलाई थप परिपक्व र उत्कृष्ठ बनाउदै लगेका छौ । यो जन्मदिनले हामीलाई एक वर्षको अनुभव थमाएको छ । हामी थप सक्षम हुदैछौ । अझ विस्तारित हुदैछौ । फैलदै छौ र जिवन जोगाउँदै छौ । ह्याप्पी बर्थ डे युथ फर ब्लड ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner