एमसिपिएममा ताप्लेजुङ जिल्ला विकास समिति प्रथम

<span class='c1'>एमसिपिएममा ताप्लेजुङ जिल्ला</span> <span class='c2'>विकास समिति प्रथम</span>

जिल्ला विकास समिति ताप्जेलुङ्ग आर्थिक बर्ष २०६८।०६९ मा न्युनतम् शर्त तथा कार्य सम्पादन मुल्याङ्कन (एमसिपिएम) मा मेची अञ्चलकै प्रथम भएको छ । जिबिस ताप्लेजुङले कुल १०० मध्ये ७० अंक प्राप्त गरेको हो । देशभरको एमसिपिएम नतिजामा ताप्लेजुङ १२ औं स्थानमा रहेको स्थानीय विकाश अधिकारी मुरारी वस्तीले जानकारी दिनुभयो । एमसिपिएममा प्राप्त गरेको अंकका आधारमा ताप्लेजुङले नियमित अनुदानका साथै प्रोत्साहन स्वरुप थप २५ प्रतिशत अनुदान पनि पाउने छ । अघिल्लो आर्थिक बर्ष ०६७।०६८ मा एमसिपिएमको नतिजामा असफल भएको ताप्लेजुङ जिल्ला विकास समितिको करिव डेढ करोड अनुदान कटौति भएको थियो । अनुदान कटौति हुदा तर्जुमा गरिएका योजना प्रभावित हुनुका साथै क्रमागत योजना अलपत्र परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्