इलाममा कानुनी प्रावधान विपरित दन्त अस्पतालहरु

इलाममा कानुनी प्रावधान विपरित दन्त अस्पतालहरु

इलाम, १२ साउन । केही वर्ष यता इलाममा सञ्चालन भइरहेका दन्त अस्पतालहरु कानुनी प्रावधान विपरित रहेको पाइएको छ । सदरमुकाम अहिले मेची डेन्टल अस्पताल, मकालु डेन्टल अस्पताल र मानव डेन्टल अस्पताल सञ्चालनमा रहेका छन् । यी तीनवटै अस्पताल अहिले सम्म शाखाको रुपमा सञ्चालनमा रहेका छन् । यी अस्पतालका मुख्य कार्यालय भने झापाको विर्तामोडमा छ । मानव डेन्टलले इलाम सहित पाँचथर र ताप्लेजुङ्गमा पनि आफ्नो शाखा विस्तार गरेर सञ्चालन गरिरहेको छ । मकालुले इलाम सदरमुकाम सहित फिक्कल बजारमा पनि शाखा अस्पतालको रुपमा सञ्चालन गरिरहेको छ । यी अस्पतालहरुले दैनिक जसो सञ्चार माध्यममा आफ्नो विज्ञापन गरेर सर्वसाधारणलाई  आफ्ना सेवाका बारेमा सुचना पनि दिंदै आएका छन् । मुख्य अस्पतालका रुपमा रहेकाहरु कम्पनी रजिस्टारको कार्यालयमा दर्ता गरेको र त्यसैको शाखाका रुपमा इलाममा सञ्चालन भएको पाइएको जिल्ला प्रशासन कार्यालयले इलामले जनाएको छ । निजी तथा गैर सरकारी स्वास्थ्य संस्था स्थापना सञ्चालक निती मापदण्ड एंव पूर्वाधार निर्देशिका २०६१ अनुसार निजी, सामुदायिक, गैर सरकारी संस्था, अन्तराष्ट्रिय गैर सरकारी संस्था अन्र्तगत दर्ता हुने व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्