इलामको बजेट फ्रिज भयो

<span class='c1'>इलामको बजेट</span> <span class='c2'>फ्रिज भयो</span>

इलाम, १२ साउन । गत आर्थिक वर्ष २०६८/०६९ मा जिल्ला शिक्षा कार्यालय इलाममा आएको कूल रकममध्ये एक करोड ५३ लाख रूपैयाँ फ्रिज भएको छ । शिक्षा विभागबाट कार्यालयमा आएको विभिन्न शीर्षकको रकम मध्ये सबैभन्दा बढी विद्यालय क्षेत्र सुधार कार्यक्रमको एक करोड दुई लाख ४३ हजार तीन सय ३४ रूपैयाँ फ्रिज भएको हो । अघिल्लो आव २०६८/०६९  वर्ष विद्यार्थी संख्या धेरै देखाएर सामूदायिक विद्यालयले जिशिकामा रकम माग गरेकाले सुधार कार्यक्रमको बजेट खर्च हुन नसकि फर्किएको जिशिकाको लेखा शाखाले जनाएको छ । विद्यालय क्षेत्र सुधार कार्यक्रमका लागि विभागबाट २१ करोड २९ लाख ८० हजार सात सय ४६ मध्ये २० करोड २७ लाख ३७ हजार चार सय १२ रूपैयाँ मात्र खर्च भएको हो ।  यस्तै मावि÷निमावि शिक्षक तलब भत्ता अनुदानको ४१ लाख ५० हजार पाँच सय ९८, सबैका लागि शिक्षा शिशू विकास कार्यक्रम सात लाख ३२ हजार सात सय ३३ रूपैयाँ, अनौपचारिक शिक्षा तथा राष्ट्रिय साक्षरता अभियान कार्यक्रमको एक लाख ११ हजार छ सय ७० फ्रिज भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्