डिपार्टमेन्ट स्टोरमा तरकारी बिक्रि सुरु

डिपार्टमेन्ट स्टोरमा तरकारी बिक्रि सुरु

इटहरी, १२ साउन । ताजा तरकारी सस्तो मुल्यमा उपभोक्ताहरुमाझ पुर्याउने उद्देश्यले सुनसरीको इटहरीस्थित गोर्खा डिपार्टमेन्ट स्टोरले आजबाट तरकारी तथा फलफूलको अत्याधुनिक बिक्रि कक्ष सञ्चालनमा ल्याएको छ । घरायसी, इलेक्ट्रोनिक्स, स्टेशनरी, लत्ता, कपडा लगायतका हजारौं सामाग्री बिक्रि गर्ने स्टोरले अण्डरग्राउण्डमा सो कक्ष सञ्चालनमा ल्याएसँगै एउटै भवनमा तरकारी समेत पाइने भएको छ । कोल्ड स्टोरेज मेसिनको प्रयोग गरीएकोले तरकारी चाँडै नबिग्रिने र स्वास्थ्यका लागि समेत फाइदाजनक रहेको स्टोर सञ्चालक बलराम आचार्यले बताए । उनले कृषकको कृषि उपज सिधै किनेर उपभोक्तालाई बेच्ने हुँदा साना किसानले उचित मुल्य पाउने र उपभोक्ताले सस्तोमा ताजा तरकारी पाउने जानकारी दिए । बजार भाउ भन्दा २५ प्रतिशतसम्म सस्तोमा तरकारी उपलब्ध गराउने उहाले दावी गर्नुभयो । पहिलो चरणमा दुई दर्जन प्रकारका फलफूल तथा तरकारी बिक्रिको लागि राखिएकोमा चाँडै ७० भन्दा बढी प्रकारका तरकारी तथा फलफूल बिक्रि गर्ने योजना रहेको स्टोरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्