ठक्करबाट एक जनाको मृत्यु्

ठक्करबाट एक जनाको मृत्यु्

विराटनगर, २१ साउन – महेन्द्र लोकमार्गमा पर्ने मोरङको पथरीमा बसको ठक्करबाट आज विहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ बयरवन–७, का ५५ वर्षीय टीटी राई रहेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक केशव भट्राईले जानकारी दिनु भयो । तीव्र गतिमा पश्चिमबाट पूर्वतर्फ आउदै गरेको ना ३ ख ८३४९ नम्बरको बसले साइकलमा सवार राईलाई पथरी पुल छेउमा ठक्कर दिदाँ उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्