एचआइभीको मात्रा पत्ता लगाउने उपकरण

एचआइभीको मात्रा पत्ता लगाउने उपकरण

शशांक पौडेल

एचआइभी रोगको संक्रमणमा परेकाहरुमा जिवाणुको मात्रा पत्ता लगाउने उपकरण झापामा ल्याइने पक्का भएको छ । मेची अञ्चल अस्पतालमा सिडिफोर काउन्ट गर्ने मेसिन ल्याउने भएको हो । यस क्षेत्रका संक्रमितले सिडिफोर मेसिन ल्याउन यसअघि पनि माग गरेका थिए । एचआइभी संक्रमितका लागि कार्यरत झापा दमकको संस्था ह्याप्पी नेपालका कार्यकारी निर्देशक प्रदीप पाठकले यस विषयमा सरकार सकारात्मक भएपछि मेसिन आउने तय भएको बताउनुभयो ।
केहि दिनभित्रै मेसिन मेची अञ्चल अस्पताल आइपुग्ने भन्ने जानकारी सरकारी अधिकारीले दिएको पाठकले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्