डक बहादुरलाइ सहयोग गर्न अपिल

<span class='c1'>डक बहादुरलाइ सहयोग</span> <span class='c2'>गर्न अपिल</span>

-समिर क्षेत्री
सहयोगको लागि निकै आग्रह आउने गर्दछ तर यो ब्लगले मलाई लेखन बाध्य नै गर्यो। डक बहादुर पुन एक १८ बर्षे युवा जो आफ्नो दुबै मृगौलाले काम गर्न छोडि सकेको हुनाले अस्पतालको शैयामा मृत्यु र जिवन बिचको लडाई लड्दैछन। मृत्यु निस्च्य पनि अटल छ तर जिवन अमुल्य छ। जिवनको सहि अर्थ पनि बुझेका छैनन् होला यि मृगौला रोगि डक भाईले, जिवन राम्ररि देखेका नि छैनन् होला। बुबालाई बल्यकालमै गुमायेका यि भाइको घरको आर्थिक अवस्थाले यिनको उपचार खर्च जुटाउन असम्भव निस्चित छ। तेसैले केहि सहयोगि हातहरु अगाडि आयेका छन्। ति सहयोगि हात् पाशुपत क्षेत्रमा बसेर डक भाईको उपचारको लागि सहयोग सन्कलन् गर्दैछन्।

“नेपाली भइ नेपालको लागि धेरै गर्ने रहर छ” भन्ने नेपालीको भिड मैले धेरै देखेको छु । यस्तो कामको लागि सहयोग भन्दा पशुपतिमा भेटी चढाउदा बडी पुणय देखने आडमबरी नेपाली धेरै चिनेको छु । अबको समय हो त्यस्तो आडमबको खोल च्यात्ने, त्यस्तो खोलबाट बाहिर निस्कने । हाम्रो एक सानो सहयोगले यि भाईको जिवन् रक्षा हुन्छ भने हामि किन अघि नबड्ने?

हामी सबैलाई याद नै होला, सोनी च्यानल बाट प्रसारित हुने इन्डियन आइडलका प्रत्यासी नेपाली मुलका भारतीय नागरिक प्रशान्त तमाङलाई जिताउन हामी नेपालीहरुले हजारौ-लाखौं रुपैया सहयोग गरेका थिएम । एक नेपाली मुलका भारतीयको लागि जुन स्व: स्फुर्त सहयोग हामीले गरेका थियौ आज डक भाईलाई तेस्तै स्व: स्फुर्त सहयोगको खाचो छ, एक नेपाली मुलको नेपालीलाई मृत्यु र जीवन बिचको लडाई जित्न । बाटो साच्चिकै कठोर छ तर मृत्यु त्यो भन्दा अझ बढी कठोर छ । आज हामीले डक भाईलाई उसको जीवन् यात्रामा बिजयि बनाएमा हामी आफ्नै नजरमा नेपाली आइडल हुनेछौ, हामीलाई साचो अर्थमा पुणय लाग्ने छ ।

आउ हामी सबै मिली आशुलाई हासोमा परिणत गर्ने पहल गरौ । जीवन अमुल्य छ तेसैले हामी सबैले आ-आफ्नो जीवनको उपादेयता प्रमाणित गरौ । सक्नेले धेरै नसक्नेले थोरै, जती सकिन्छ तेती दिल खोलेर सहयोग गरौ । एक दिनको खाजा, एक प्लेट म:म्:, एक बोटल बीयर कम खाँदैमा हाम्रो जीवन स्तर कम हुने छैन तर तेती बराबरको सहयोगले पक्कै डक भाईलाई मृत्यु युध्द जित्न टेवा पुरयाउने छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्