किरात याक्खा छुम्मा मोरङको तेस्रो अधिवेशन सम्पन्न

किरात याक्खा छुम्मा मोरङको तेस्रो अधिवेशन सम्पन्न

yakhha 6ummmaकिरात याक्खा छुम्मा मोरङ जिल्लाको तेस्रो अधिवेशन गत शनिबार मोरङको डागीहाटमा सम्पन्न भएको छ ।
तेस्रो अधिवेशनले खामबहादुर याख्खालाई पुर्न अध्यक्षमा चयन गरेको छ । यसका साथै समितिमा उपाध्यक्ष पुरनकुमार याख्खा, चन्दन देवान, सचिबमा हर्कराज जिमी, सह– सचिब शंकर देवान, र कोषध्यक्षमा देशमाया जिमी रहनु  भएको छ ।  । त्यसैगरीे अन्य सदस्यहरुमा दुर्गानन्द याख्खा, गणेश याख्खा, उदय याख्खा, तिलक याख्खा देवान, लखनबहादुर याख्खा, सोम याख्खा र जयबहादुर याख्खा कृष्ण देवान, बाबुराम याख्खा, सुर्य देवन, सोम याख्खा, विमला लिम्बुखीम, कविता जिमी, लिला जिमी, अमृता याख्खा, गरी २१ सदस्यीय रहेका छन् । समितिको सल्लाहाकारमा कुबेरसिंह याख्खा, नरेन्द्र लिङखा, जगबहादुर याख्खा रहेका छन् ।
कार्यक्रममा किरात याख्खा छुम्माका केन्द्रीय अध्यक्ष भुपाल जिमी, केन्द्रिय उपाध्यक्ष लहरु जिमी, केन्द्रिय कोषध्यक्ष भुपेन्द्र देवान, पुर्व सभासद दुर्गा ंिलखां किरात याक्खा विद्यार्थी सघंका केन्द्रिय सदस्य प्रेम देवान लायतको उपस्थीति रहेको थियो । उपस्थीत अथितीहरुले याक्खा समुदायहरुको मौलिक सस्कृति, भाषा, धर्म, परम्परा तथा रितिरिवाजहरुको संरक्षण र सम्वद्र्धन गर्न सम्र्पुण किरात समुदायहरु जागरुक भई अघि बढ्नु पर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्