किरात याख्खा विद्यार्थी मोरङ संघमा घनेन्द्र

<span class='c1'>किरात याख्खा विद्यार्थी</span> <span class='c2'>मोरङ संघमा घनेन्द्र</span>

किरात याख्खा विद्यार्थी संघ मोरङको प्रथम जिल्ला अधिवेशन माघ १३ गते मोरङको डागीहाटमा सम्पन्न भएको छ । प्रथम अधिवेशनले घनेन्द्र याख्खाको अध्यक्षतामा २१ सदस्यीय समिति गठन भएको छ ।
अधिवेशनले समितिको उपाध्यक्षमा पायल देवान, सचिब सुजन याख्खा, सह– सचिबमा अविशेष देवान, र कोषध्यक्षमा वन्दना याख्खा चयन भएका छन् ।
समितिको अन्य सदस्यहरुमा करुण याख्खा, सोनु याख्खा, सागर याख्खा, डम्बर याख्खा, मुक्ति देवान, सन्जोग देवान, दिपेश जिमी, राधा देवान, रजिता याख्खा, विशाल याख्खा, सनम याख्खा, सुजन याख्खा लागयत रहेका छन् । नव निर्वाचित सदस्यहरुलाई किरात याख्खा विद्यार्थी संघका केन्द्रीय सदस्य प्रेम देवानले अविर लगाएर शुभकामना तथा बदाई दिनु भएको थियो । साथै उहाले आदिवासीहरुको शैक्षिक स्तर वृद्धि गराउन आदिवासीहरुको पहिचानमा आधारित बहुभाषिक शिक्षा नीती राज्यले मुलधारको रुपमानै शिक्षा प्रणाली स्थापित गराउनु पर्ने बताउनु भयो । उहाले २१ ऋौ शताब्दीमा विश्व सामुदायसग प्रतिस्पर्धा गर्न सक्ने खालको वैज्ञानिक,व्यावहारीक शिक्षा लागु गराउन याक्खा समुदाय तथा आदिवासी जनजातीहरुमा शिक्षाको अभिवृद्धि गर्न किरात याक्खा विद्यार्थी निरन्तर लाग्ने पनि बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्