आजदेखि विराटनगरमा हात्ति पाइलेको औषधि

आजदेखि विराटनगरमा हात्ति पाइलेको औषधि

जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले आजदेखि तिन दिनसम्मको लागि हात्ति पाइले रोग विरुद्धको औषधी खुवाने कार्यक्रम सुरु गरेको छ । कार्यक्रम बारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यालयले मोरङको ६५ वटै गाविस र एउटा उपमहानगरपालिका भित्र केन्द्र तोक्ने, स्वास्थयकर्मी र महिला स्वास्थ्य स्वयम्सेविकाहरु परिचालन गर्ने र औषधी पुर्याउने काम सम्पन्न भइसकेको जनाएको थियो । सम्मेलनमा कार्यलाय प्रमुख एवं वरिष्ठ जनस्वास्थ्य अधिकृत नवराज सुब्बाले औषधीको प्रभाव सामान्यरुपमा देखा परे पनि आत्तिनु नपर्ने जानकारी दिएका थिए । उनले समस्या उत्पन्न भएको अवस्थाका लागि रेपिड रेस्पोन्स टिम तयार पारिएको बताए । नेपालको सबै भन्दा बढि हात्ती पाइलेको बिरामी मोरङ जिल्लामा नै रहेका छन् । यहाँ ४ हजार ४ सय ७० जनामा हात्ति पाइले रोग रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्